निर्वाचन आयोगले दूध तथा दुग्धजन्य वस्तुको ढुवानीलाई अत्यावश्यक वस्तुको सूचीमा नराखेपछि व्यवसायीले पत्र लेखेका छन् । निर्वाचनको दिनमा चल्न पाउने अत्यावश्यक वस्तुहरूको सूचीमा नअटाएपछि नेपाल डेरी एसोसिएसनले पत्र लेखेको हो ।‘अघिल्ला वर्षहरूमा दूध तथा दूग्धजन्य पदार्थको ढुवानीलाई अत्यावस्यकको सूचीमा राख्थ्यो,’ आयोगलाई लेखिएको पत्रमा भनिएको छ, ‘वैशाख ३० गतेको निर्वाचनको दिनमा दूध ढुवानी अत्यावश्यक वस्तुको सूचीबाट छुटेको छ ।’ त्यसैले ढुवानीमा सहजीकरण गरिदिनका लागि एसोसिएसनले आयो