घेराबन्दीमा आयल निगम, निमित्त कार्यकारी निर्देशक भन्छन् : पर्याप्त तयारी छ

काठमाडौं : यतिबेला नेपाल आयल निगमसँग जोडेर धेरै किसिमका आन्दोलन भएका छन्। केही स्थगित भए, केहीले अझै आन्दोलनको धम्की दिएका छन्। मूल्य नबढाए ढुवानी रोक्नेदेखि मूल्य नघटाए सवारी साधन नचलाउनेसम्मका धम्की आएका छन्। मुलुकी अपराध संहिताले गरेका कतिपय व्यवस्था खारेजीको माग गरेर गरिएको आन्दोलनमा पनि ढुवानी समस्या देखिएको छ। अह...

सम्बन्धित सामग्री

मासिक झन्डै रू. ४ अर्ब घाटामा एनओसी

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदै आएपछि नेपाल आयल निगम (एनओसी) मासिक झन्डै रू. ४ अर्ब घाटामा छ । यो घाटामा खाना पकाउने ग्यासको मूल्य अधिक हुँदा कुल घाटा वृद्धि भएको निगमले जानकारी दिएको छ । निगम ग्यासको विक्रीबाट पाक्षिक रूपमै रू.२ अर्ब २४ करोड घाटामा छ । ग्यास विक्रीबाट अधिक घाटा बेहोर्दा निगमको कुल घाटा बढेको हो । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टीतेलको कारोबारमध्ये अधिक घाटा ग्यासबाट नै भएको जानकारी दिए ।

राष्ट्रिय वाणिज्य बैंक र नेपाल आयल निगम बीच तलबी खाता सञ्चलन सम्बन्धी सम्झौता

कात्तिक २८, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल आयल निगम बीच तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा आइतवार सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द्र साहले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता भएपश्चात निगममा न्यूनतम दुई वर्ष सेवा अवधि पुरा गरेका कर्मचारीहरुलाई निगमकोे सिफारिसमा अधिकतम १५ लाख रुपैयाँसम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले बिना धितो पेशाकर्मी सरल कर्जा प्रवाह गर्ने छ ।  बैंकले आधार दरमा दुई प्रतिशत प्रिमियम जोडी ब्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर ५ दशमलव ४१ प्रतिशत रहेको छ । सम्झौता अनुसार निगमका कर्मचारीहरुको तलबी खाता बैंकले सञ्चालन गर्नेछ ।  कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, मुख्य शाखा कार्यालयकी शाखा प्रबन्धक दुर्गाकुमारी छत्कुल्ली कँडेल, विभागीय प्रमुख सरोज वस्नेत, सहायक शाखा प्रबन्धक हेमराज खरेल, निगमका नि.निर्देशक सुषमा कुमारी कर्ण लगायत कर्मचारीहरुको उपस्थिति  रहेको थियो ।