बीपी राजमार्गमा मापदण्डविपरीत भारवहन सवारी साधन सञ्चालनमा रोक लगाउने निर्णय फिर्ताको माग राखी ढुवानी व्यवसायी विरोधमा उत्रनु खेदजनक छ । १० टन भारवहन क्षमताको सडकमा पहिले जसरी बढी ‘लोड’ भएका मालवाहक गाडी चलाउन पाउनुपर्ने माग राख्दै उनीहरूले ढुवानीका साधन रोकेका छन् ।