गणपति लघुवित्तको अध्यक्षमा अर्चना प्रधान चयन

पुस २२, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको छ ।  कम्पनीको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको नेप्से मार्फत जानकारी गराएको हो । मास्टर अफ बिजनेस एडमिनिस्ट्रेटर (एमबीए) गरेकी प्रधानसँग बैंकिङ क्षेत्रमा २६ वर्षभन्दा बढीको अनुभव रहेको छ । 

सम्बन्धित सामग्री

गणपति लघुवित्त वित्तीय संस्थाको लागि कर्मचारी माग

जेठ १८, काठमाडौं।  गणपति लघुवित्त वित्तीय संस्थाले बिभागीय प्रमुखसहित केहि पदका  लागि कर्मचारी माग गरेको छ ।  कम्पनीले बुधवार एक सूचना जारी गर्दै बिभिन्न बिभागका लागि बिभागीय प्रमुख  अधिकृत तहमा ५ जना,  साहयक १ जना र केहि प्रशिक्षार्थी माग गरेको हो । कम्पनीले तोके बमोजिम योग्यता पुगेका उम्मेदवारले सूचना प्रकाशित भएको मितिले  १५ दिन भित्र कम्पनीको कार्यालय वा कम्पनीको मेल ठेगानामा दरखास्त दिन सक्नेछन् ।

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुन : एनआईबिएल एस क्यापिटल नियुक्त

वैशाख २३, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।  कम्पनीले वैशाख २५ गतेदेखि लागू हुने गरी पुनः शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको नेप्से मार्फत जानकारी दिएको हो । अब कम्पनीको सम्पूर्ण धितोपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिला खारेज, नामसारी लगायतका सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटल मार्फत हुनेछ ।

गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष प्रधान

काठमाडौैं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष अर्चना प्रधान बनेकी छिन् । गणपति लघुवित्त वित्तीय संस्थको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको हो । प्रधानले बैकिङ क्षेत्रमा २५ वर्षभन्दा धेरै काम गरिसकेकी छिन् ।

गणपति लघुवित्तको २० प्रतिशत लाभांश पारित

गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा भएको साधारणसभाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए ।साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनश सेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगायतका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको […]

गणपति लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

मंसिर ७, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्तावलाई आगामी साधारण सभाबाट पारित गर्ने गरी वितरण गर्न राष्ट्र बैंकले स्वीकृत गरेको हो । उक्त लाभांश अव शेयरधनीले आगामी साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।

गणपति लघुवित्तका शाखा प्रमुखहरुले दिए सामुहिक राजिनामा

काठमाडौं, १८ साउन । गणपति लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिएका छन् । लघुवित्तको कर्मचारी विनियमावली अनुसार तलब तथा सेवा सुविधा नबढाएको भन्दै राजिनामा दिएर आन्दोलनमा उत्रिएका हुन् । हरेक दुई/दुई वर्षमा तलब तथा सेवा सुविधा बढाउनु पर्ने व्यवस्था रहेको भन्दै सोहि अनुसार साउनको पहिलो सातामा तलब सुविधा बढाउने निर्णय नगरेपछि उनिहरु आन्दोलनमा […]

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुन : एनआईबिएल एस क्यापिटल नियुक्त

वैशाख २९, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा आरबिबि पुन: एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले वैशाख २४ गतेदेखि लागू हुने गरी आगामी एक वर्षका लागि उक्त क्यापिटललाई नियुक्त गरेको सूचनामार्फत जानकारी दिएको छ ।

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुन : एनआईबिएल एस क्यापिटल नियुक्त

वैशाख २७, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाले शेयर रजिष्ट्रारमा पुनः एनआइबिएल एस क्यापिटललाई नियुक्त गरेको छ ।  कम्पनीले गत वैैशाख २४ गते लागू हने गरी आगामी एक वर्षको लागि शेयर रजिष्ट्रारको कार्य गर्ने भन्दै नेप्से मार्फत जानकारी गराएको हो ।