गणपति लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

मंसिर ७, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्तावलाई आगामी साधारण सभाबाट पारित गर्ने गरी वितरण गर्न राष्ट्र बैंकले स्वीकृत गरेको हो । उक्त लाभांश अव शेयरधनीले आगामी साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।   

सम्बन्धित सामग्री

गणपति लघुवित्तको नाफा ६७.८४ प्रतिशत घट्यो, अन्य सूचक कस्ता ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष (आव)को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा ६७ दशमलव ८४ प्रतिशत घटेको छ ।  आव २०७८/७९ मा कम्पनीले रू. २ करोड १८ लाख नाफा कमाएकोमा गत आव ०७९/८० मा रू. ७० लाख २८ हजारमा झरेको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको सञ्चालन नाफा ५६ दशमलव ८३ प्रतिशत र खुद ब्याज आम्दानी १४ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा बढेकाले पनि नाफा प्रभावित भएको देखिन्छ । अघिल्लो आवमा कम्पनीको निष्क्रिय कर्जा १ दशमलव ६४ प्रतिशत रहेकोमा गत आवमा बढेर ४ दशमलव ५२ प्रतिशत रहेको छ ।  नाफा घटेसँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि घटेको छ । अघिल्लो आवमा कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४२ पैसा रहेकोमा गत आवमा ६ रुपैयाँ १८ पैसामा झरेको छ ।  त्यस्तै कम्पनीको तरलता अनुपात ६ दशमलव २६ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १२९ दशमलव २४ छ । कम्पनीको वितरणयोग्य नाफा रू. ८३ लाख ७९ हजार छ । यस आधारमा कम्पनीको लाभांश क्षमता ५ दशलमव ५२ प्रतिशत छ ।  कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । त्यस्तै कम्पनीले गत आवमा जगेडामा रू. ३ करोड ५९ लाख र रिटेन्ड अर्निङमा रू. ८३ लाख ७९ हजार सञ्चिति गरेको छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोला

गणपति लघुवित्तको २० प्रतिशत लाभांश पारित

गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्लागण्डकी ४ दुलेगौंडा तनहुँमा भएको साधारणसभाको सञ्चालक समितिका अध्यक्ष युवराज भण्डारीले उद्घाटन गरेका थिए ।साधारण सभाले चुक्ता पुँजीको १९ प्रतिशतले हुने बोनश सेयर तथा कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी जम्मा २० प्रतिशत लाभांश वितरण गर्ने लगायतका सम्पूर्ण प्रस्तावहरु सर्वसम्मतिले पारित गरेको […]

गणपति लघुवित्तको साधारण सभा सम्पन्न, २० % लाभांश पारित

पुस १८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।  साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरिसकेको छ ।  यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । साथै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्ग र निरजा शर्मा सापकोटालाई निर्विरोध निर्वाचित  गरेको छ ।

गणपति लघुवित्तको पाँचौ वार्षिक साधारण सभा शनिवार हुँदै

पुस १६, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार (पुस १७ गते) हुँदैछ ।  सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी, दुलेगौडा, तनहुँमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, सभाले यस लघुवित्त वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

गणपति लघुवित्तको १५% बोनस शेयर हितग्राही खातामा जम्मा

वैशाख ३१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।  कम्पनीले गत फागुन २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।  सो लाभांश प्रयोजनका लागि फागुन १४ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिएको कम्पनीको भनाइ छ ।  साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको समेत जानकारी दिएको छ ।