गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष प्रधान

काठमाडौैं । गणपति लघुवित्त वित्तीय संस्थाको अध्यक्ष अर्चना प्रधान बनेकी छिन् । गणपति लघुवित्त वित्तीय संस्थको पुस २१ गते बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा अर्चना प्रधानलाई चयन गरेको हो । प्रधानले बैकिङ क्षेत्रमा २५ वर्षभन्दा धेरै काम गरिसकेकी छिन् ।

सम्बन्धित सामग्री

यसकारण घट्यो गणपति लघुवित्तको नाफा

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव)को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको पहिलो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ५८ प्रतिशत घटेको छ । कम्पनीले गत आवमा रू. ६८ लाख ९२ हजार नाफा कमाएकोमा चालू आवमा नाफा रू. २८ लाख ८१ हजारमा झरेको हो । चालू आवमा कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन नाफा घटेकाले नाफा घटेको हो । खुद ब्याज आम्दानी गत आवको तुलनामा चालू आवमा २० प्रतिशत र सञ्चालन नाफा ५८ प्रतिशत घटेको छ ।  त्यस्तै कम्पनीको निष्क्रिय कर्जा चालू आवमा बढेकाले नाफा घटेको हो । गत आवमा कम्पनीको निष्क्रिय कर्जा २ दशमलव १९ प्रतिशत रहेकोमा चालू आवमा बढेर ४ दशमलव ९३ प्रतिशत पुगेको छ । कम्पनीको नाफा घटेसँगै प्रतिशेयर आम्दानी पनि घटेको छ । गत आवमा कम्पनीको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १९ पैसा रहेकोमा चालू आवमा घटेर ७ रुपैयाँ ६० पैसामा झरेको छ ।  कम्पनीको चुक्ता पूँजी रू. १५ करोड १५ लाख छ । चालू आवको पहिलो त्रैमाससम्ममा कम्पनीले जगेडामा रू. ३ करोड १९ लाख र रिटेन्ड अर्निङमा रू. ८० लाख ३१ हजार सञ्चिति गरेको छ । सो अवधिमा कम्पनीको तरलता अनुपात १० दशमलव १५ प्रतिशत र प्रतिशेयर नेटवर्थ रू. १३१ दशमलव १५ छ ।  रिपोर्ट हेर्न यहाँ क्लिक गर्नुहोस्

गणपति लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः एनआईबिएल एस क्यापिटल नियुक्त

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले शेयर रजिष्ट्रारसम्बन्धी कार्यहरू गर्नका लागि पुनः एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको छ । कम्पनीले वैशाख २५ गतेदेखि लागू हुने गरी पुनः एक वर्षसम्मका लागि शेयर रजिष्ट्रारमा एनआईबिएल एस क्यापिटललाई नियुक्त गरेको नेप्सेमार्फत जानकारी गराएको हो । कम्पनीको धितोपत्रसम्बन्धी सम्पूर्ण कार्य एनआईबिएल एस क्यापिटलले गर्नेछ ।

गणपति लघुवित्तले बोलायो साधारण सभा, के - के छन् प्रस्ताव ?

काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले चैत २५ गते छैठौ वार्षिक साधारण सभा बोलाएको छ ।  गत फागुन ७ गते बसेको सञ्चालक समितिको बैठकले ह्वाइट हाउस पार्टी प्यालेस, तनहुँमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । सभाले गत आर्थिक वर्ष २०७८/ ०७९ को वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ ।  साथै एक वा एकभन्दा बढी लघुवित्त वित्तीय संस्थासँग मर्जर तथा प्राप्ति प्रक्रियामा जान आवश्यक देखिएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत सभाले गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले चैत १६ गतेदेखि सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । बुक क्लोजको आधारमा चैत १५ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन सक्नेछन् ।

गणपति लघुवित्तले वितरण गर्‍यो १९% बोनस शेयर

चैत ८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १९ प्रतिशत बोनस शेयर वितरण गरेको छ ।  कम्पनीले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट वितरण गर्ने गरी गत पुस १७ गते सम्पन्न पाँचौं वार्षिक साधारण सभाबाट पारित गरेको उक्त बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरिदिएको हो ।  कम्पनीले पुस ६ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा कारोबारयोग्य बनिसकेको उक्त बोनस शेयर जम्मा गरेको जानकारी दिएको हो ।  पुस ६ गतेसम्म शेयर धितो बन्धक राखी कर्जा लिएका शेयरधनीहरुको हकमा भने बोनस शेयर समेत कर्जा प्रवाहह गर्ने सम्बन्धित बैंक तथा वित्तीय संस्थाको नाममै रोक्का जनाई हितग्राही खातामा जम्मा गरिएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्नका लागि कम्पनीले भनेको छ ।  यस वर्ष कम्पनीले बोनस शेयरसँगै कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश समेत वितरण गरेकाले बोनस शेयर कर बापतको रकम तिर्नु नपर्ने भएको हो । बैंकले रू. १२ करोड ७३ लाख ५६ हजार चुक्तापूँजीको आधारमा कुल २० प्रतिशत लाभांश यो वर्ष वितरण गरेको हो ।

गणपति लघुवित्तको पाँचौ वार्षिक साधारण सभा शनिवार हुँदै

पुस १६, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार (पुस १७ गते) हुँदैछ ।  सभा हइट हाउस पार्टि प्यालेस शुक्लागण्डी, दुलेगौडा, तनहुँमा बिहान ११ बजे शुरु हुने जानकारी दिएको हो । सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।  साथै, सभाले यस लघुवित्त वित्तीय संस्थाले एक वा एक भन्दा बढी उपयुक्त लघुवित्त वित्तीय संस्था एक आपसमा गाभ्ने वा गाभिने तथा प्राप्ति गर्ने वा प्राप्ति हुन जाने प्रयोजनको लागि आवश्यक कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी, आव २०७७/७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरेको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउनेछन् ।

लाभांश पारित गर्न गणपति लघुवित्तले बोलायो पुस १७ मा साधारण सभा

मंसिर २१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले पुस १७ गते साधारण सभा बोलाएको छ । कम्पनीले सभा बिहान ११ बजे ह्वाइट हाउस पार्टि प्यालेस शुक्लगण्डकी नगरपालिका ४ दलेगौंडा तनहुँमा गर्न लागेको जानकारी दिएको छ ।सभाले १९ प्रतिशत बोनस शेयर र एक प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७७/ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने,आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै सभाले सर्वसाधारण शेयरधनीकोतर्फबाट एक जना सञ्चालकको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको मनोनयन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।   कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त कम्पनीहरुसँग गाभ्ने गाभिने वा प्राप्ति गर्न उपयुक्त लघुवित्तहरु पहिचान गर्ने, समझदारी पत्रमा हस्ताक्षर गर्नेलगायतका सम्पूर्ण कार्यहरु गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साधारण सभा प्रयोजनको लागि शेयरधनीदर्ता पुस्तिका पुस ७ गतेदेखि १६ गतेसम्म बन्द रहनेछ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले साधारण सभामा भाग लिन र लाभांश पाउने छन् । कम्पनीको मंसिर २० गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

गणपति लघुवित्तको प्रस्तावित लाभांश राष्ट्र बैंकद्वारा स्वीकृत

मंसिर ७, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएको छ । कम्पनीले प्रस्ताव गरेको १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनको लागि वितरण गर्ने प्रस्तावलाई आगामी साधारण सभाबाट पारित गर्ने गरी वितरण गर्न राष्ट्र बैंकले स्वीकृत गरेको हो । उक्त लाभांश अव शेयरधनीले आगामी साधारण सभाबाट पारित भएपछि पाउनेछन् ।

गणपति लघुवित्तले घोषणा गर्‍यो २०% लाभांश

कात्तिक ११, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष ०७७/७८ को मुनाफाबाट कुल २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको कात्तिक १० गतेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापूँजी रू. १२ करोड ७३ लाख ५६ हजारको आधारभा १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । यो लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।

गणपति लघुवित्तको १५% बोनस शेयर हितग्राही खातामा जम्मा

वैशाख ३१, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ प्रतिशत बोनस शेयर सम्बन्धित शेयरधनीहरुको हितग्राही खातामा जम्मा गरेको छ ।  कम्पनीले गत फागुन २८ गते सम्पन्न चौथो वार्षिक साधारण सभाबाट उक्त बोनस शेयर पारित गरेको थियो ।  सो लाभांश प्रयोजनका लागि फागुन १४ गते बुक क्लोज गरेकाले फागुन १३ गतेसम्म कायम शेयरधनीहरुको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिएको कम्पनीको भनाइ छ ।  साथै, उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन अनुरोध गरेको छ ।  कम्पनीले उक्त बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत गराईसकेको समेत जानकारी दिएको छ ।

गणपति लघुवित्त वित्तीय संस्था ५औं वर्षमा प्रवेश

गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न कार्यक्रम गरी आफ्नो चौथो वार्षिकोत्सव सम्पन्न गरेको छ । यस अवसरमा सञ्चालित विभिन्न कार्यक्रमहरु मध्ये ललितपुरको लगनखेलमा विगतदेखि सञ्चालित तातो भात अभियानअन्तर्गत एक दिनको लागि वृद्धवृद्धालाई भोजनको प्रबन्ध गरिएको छ ।वि.सं. २०७३ मंसिर २४ गतेबाट कारोबार प्रारम्भ गरेको यस वित्तीय संस्थाले हाल १८ वटा जिल्लामा ३६ वटा शाखा कार्यालयमार्फत […]