पुस १८, काठमाडौं । गणपति लघुवित्त वित्तीय संस्थाको पाँचौ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ ।
सभाले १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि गरेर कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साथै सभाले आव २०७८/ ७९ को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले पुस ७ गतेदेखि १६ गतेसम्म बुक क्लोज गरिसकेको छ । यस आधारमा पुस ६ गतेसम्म कायम शेयरधनीले लाभांश पाएका छन् । साथै सभाले संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने सञ्चालकमा अर्चना प्रधान, शिल्पा प्रधनाङ्ग र निरजा शर्मा सापकोटालाई निर्विरोध निर्वाचित गरेको छ ।