महाेत्तरी – प्रदेश २ मा नेकपा एमालेका ११ सांसदले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन् । जनकपुरमा रहेकाे प्रदेश निर्वाचन कार्यालयमा आज बिहीवार दिउँसो १० जनाले भौतिक रूपमा र एक जनाले पत्रमार्फत सनाखत गरेका हुन् ।
प्रदेश सांसद सत्रुधन महतो, मञ्जु यादव, चन्द्र सेन प्रसाद श्रीवास्तव, नागेन्द्र यादव, गोविन्द न्यौपाने, बेची लुंगेली, रविन्द्र बैठा, हसिमा खातुन, अशोक यादव र प्रमोद यादवले भाैतिक रूपमा एकीकृत समाजवादीकाे पक्षमा सनाखत गरेका छन् । क्यान्सर भएर उपचाररत डिल्ली उप्रेतीले भने पत्रमार्फत सनाखत गराएको ...