चीनको हाङझाउमा आयोजना हुने १९ औं एसियाली खेलकुदका लागि भलिबल संघले पहिलो चरण प्रशिक्षण सुरु गरिसकेको छ । भलिबल संघले प्रारम्भिक ३५ महिला खेलाडीको छनोट गरेपनि राष्ट्रिय खेलकुद परिषदले २५ खेलाडीलाई समेट्दै अभ्यास गराइरहेको हो ।कोरोना भाइरसका कारण अनिश्चित कालका लागि स्थगित भएपनि नेपालले सहभागिता जनाउने २३ खेल अन्तर्गत महिला भलिबलको अभ्यास थालेको हो । […]