काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले महानगरअन्तर्गतका शिक्षक र कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिएका छन् । मेयर शाहले मंगलबार एक विज्ञप्ति जारी गरी राजनीतिक आबद्धता त्याग्न निर्देशन दिएका हुन् । साथै उनले दलीय आबद्धतासँग सम्बन्धित कुनै पनि प्रकारको सदस्यता नदिन वा सदस्यता लिएको भए रद्द गर्न सम्बन्धित राजनीतिक दल, भातृ संस्था वा शुभेच्छुक संस्थालाई पनि उनले अपिल गरे ।मेयर शाहले भनेका छन्, ‘राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाडौं महानगरपालिका अन्तर्गतको शिक्षक तथा क