काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनले महानगर अन्तर्गतका सार्वजनिक तथा सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई दलीय आबद्धता त्याग्न निर्देशन दिनु भएको छ ।
प्रेस विज्ञप्ति निकाल्दै मेयर साहले राजनीतिक आबद्धता कायम राखेको भएमा काठमाण्डाै महानगरपालिका अन्तर्गतको शिक्षक तथा कर्मचारीले त्यस्तो आबद्धता तत्काल त्याग गरी कानुनको परिपालना गर्न निर्देशन दिनु भएको हो । उहाँले दलसँगको आबद्धता त्याग नगरे सार्वजनिकरुपमा उजुरी आह्वान गरी वा अन्य उपाय बमोजिम प्राप्त सूचनाको आधारमा कानु...