बर्दियाको राजापुर नगरपालिकाले पालिकाभित्रका सरकारी विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको जिम्मेवारीमा रहे तत्काल राजीनामा दिन निर्देशन दिएको छ । नवनिर्वाचित मेयर दिपेश थारूले पालिकाभित्रका सामुदायिक विद्यालयका शिक्षक कर्मचारीलाई पार्टीको जिम्मेवारी रहेका सबैलाई सात दिनभित्र राजीनामा दिइ त्यसको विवरण नगरपालिकामा पेस गर्न पत्राचार गरेका छन् । सवै विद्यालयलाई गरिएको पत्राचारमा राजनैतिक दलमा संलग्न रही सक्रिय रुपमा राजनैतिक दलको कार्यकारीणी पदमा रहँदा विद्यालयको पठनपाठन प