काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ नलिने बताएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरेकोप्रति असन्तुष्टि जनाएका देउवाले नियुक्ति सच्याएर संविधानको धारा ७६ (५) अनुसार उल्लेख गर्नुपर्ने अडान लिएका हुन् । आज(मंगलबार) साँझ ६ बजे शपथको तयारी भए पनि उनी राष्ट्रपति कार्यालय पुगेका छैनन् ।