देउवा प्रधानमन्त्री बनेकै दिन राष्ट्रपति र प्रधानमन्त्रीबीच टसल

काठमाडौं। प्रधानमन्त्री नियुक्तिको सूचनालाई लिएर नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र राष्ट्रपति कार्यालयबीच पहिलो दिनमै टसल देखिएको छ। सूचनामा संविधानको धारा नराखी अदालतको फैसलामात्रै उल्लेख गरेपछि देउवाले नसच्चिएसम्म सपथ नै नलिने अड्डी कसे। अन्ततः ढिलोगरी नियुक्तिको सूचना सच्याइएपछि मात्रै देउवाले शपथ लिए। यसरी राष्ट्रपति कार्यालय र प्रधानमन्त्रीको टसलले गर्दा शपथ समारोह निर्धारित समयभन्दा दुईघण्टा ढिलो हुनपुगेको थियो।

सम्बन्धित सामग्री

राष्ट्रपति–प्रधानमन्त्री भेट जारी

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीचको भेटवार्ता जारी छ । राष्ट्रपति कार्यालय शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भइरहेको छ।  भेटको विषयवस्तुबारे औपचारिक जानकारी दिइएको छैन । तर, प्रतिनिधिसभा र राष्ट्रिय...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । मंगलबार साँझ शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीसँग भेट गरेका हुन् । देउवाका प्रेस सल्लाहाकार गोविन्द परियारका अनुसार राष्ट्रपति र प्रधानमन्त्रीबीच नियमित भेटवार्ता भएको हो । उनीहरुबीच दुई घण्टा छलफल भएको स्रोतले बताएको छ । प्रधानमन्त्रीले राष्ट्रपतिलाई सरकारका कामकारबाहीका बारेमा जानकारी गराएका थिए […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो ३ बजे शीतलनिवास पुगेर प्रधानमन्त्री देउवाले राष्ट्रपति भण्डारीलाई भेटेका हुन् । प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब एक घण्टा समसामसयिक विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ । राष्ट्रपति भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीले भेटवार्ता नियमित भएको र समसामयिक राजनीतिक विषयमा […]

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। बिहीबार प्रधानमन्त्री देउवाले शीतलनिवास पुगेर राष्ट्रपति भण्डारीलाई भेटेका हुन्। राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच करिब १ घण्टा...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले भेट गरेका छन्। बिहीबार राष्ट्रपति भण्डारीलाई भेट्न प्रधानमन्त्री देउवा शीतलनिवास पुगेका हुन्।...

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच  भेटवार्ता भएको छ । राष्ट्रपतिको कार्यालय शीलतनिवासमा विहीबार दिउँसो तीन बजे प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीबीच भेटवार्ता भएको हो । प्रधानमन्त्री र राष्ट्रपतिबीच के–के विषयमा छलफल भयो भन्नेबारे जानकारी नभएको प्रधानमन्त्री देउवाका निजी सचिव जनक भट्टले  बताए । उनले भने, ‘ प्रधानमन्त्रीज्यू तीन बजे  शीतल निवास जानु भएको हो छ । छलफलको विषय जानकारी छैन ।’

प्रधानमन्त्री देउवा र राष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ । आज (बिहीबार) अपराह्न ३ बजेदेखि ४ बजेसम्म राष्ट्रपति निवास शितलनिवासमा राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता भएको प्रधानमन्त्री देउवाको सचिवालयले जनाएको छ । ‘एक घण्टा कुराकानी भएको हो, यो नियमित भेटघाट हो,’ प्रधानमन्त्री देउवाको सचिवालय स्रोतले भन्यो ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। शुक्रबार साँझ प्रधानमन्त्री देउवा राष्ट्रपति भण्डारीलाई भेट्न शीतलनिवास पुगेका थिए।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच छलफल

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् । शुक्रवार साँझ राष्ट्रपति भवनमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबिच समसामयिक विषयमा छलफल भएको हो । राष्ट्रपति र प्रधानमन्त्री बिचको यो भेटघाटलाई नियमित भेटवार्ता भनिएको छ ।

शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबिच छलफल

शीतल निवासमा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच छलफल काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेट गरेका छन्। बुधबार साँझ राष्ट्रपति कार्यालय शीतल निवासमा भएको क्रममा राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच ६ बजेदेखि साढे ८ बजेसम्म छलफल भएको स्रोतको भनाई छ ।