अर्थ मन्त्रालय, राष्ट्र बैंक तथा बैंकर्स संघसँगको निरन्तर छलफल र अनुनयपछि पनि ब्याजदर जथाभावी बढाउने र कर्जाको लागत बारम्बार बढाइरहने बैंकहरूको प्रवृत्तिमा सुधार नआएपछि हामी सडकमा ओर्लन बाध्य भएका हौं ।
दिनेश श्रेष्ठ
अध्यक्ष, उद्योग वाणिज्य संघ काठमाडौं
बैंकहरूले लिँदै आएको चर्काे ब्याजदर तत्काल नघटाए व्यवसायीको उत्पादन लागत बढ्दै जाँदा अर्थतन्त्र झनै आयातमुखी बन्दै जान्छ ।
अञ्जन श्रेष्ठ
उपाध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ