नागरिकता विधेयकको विरोधमा नेमकिपाले विराेध जुलुस गर्दै

भक्तपुर -नेपाल मजदुर किसान पार्टीले नागरिकता विधेयकको विरोधमा बिहीबार राजधानीमा जुलुस तथा सभा गर्ने भएको छ। कोटेश्वरमा भेला भई जुलुस संसद् भवन नयाँं बानेश्वरमा पुग्ने कार्यक्रम तय भएको पार्टीेले जनाएको छ। नयाँं वानेश्वरमा पुगेर सभा हुने पार्टीका केन्द्रीय सदस्य सरोजराज गोसाईले जनाए। उनका अनुसार सभामा केन्द्रीय नेताहरूले सम्वोधन गर्ने छन्। पार्टीले नागरिकता विधेयकविरुद्ध निरन्तर आवाज […]

सम्बन्धित सामग्री

निजगढवासीले विरोध जुलुस गर्ने

काठमाडाैँ- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले रोक लगाएपछि आज निजगढवासीले विराे‍ध जुलुस गर्ने भएका छन्। निजगढवासी र निजगढ विकास पक्षधरहरूले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले गरेको निर्णय गलत भएको भन्दै पुनरावलोकनको कानुनी दवाव दिन माइतीघरबाट बानेश्वरसम्म विराेध जुलुस गर्ने भएको हो।

पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध टर्च जुलुस, तस्बिरमा हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टर्च जुलुस निकालिएको छ । सरकारले पेट्रोलियम पदार्थमा पछिल्लो समय १० रुपैयाँले मूल्यवृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनहरुले बिहीबार साँझ टर्च जुलुस निकालेका हुन् । टर्च जुलुस शान्तिबाटिका, रानीपोखरी, जमल घण्टाघर हुँदै शान्तिबाटिका आएर समापन गरिएको थियो ।

एमसीसी विरुद्ध ताप्लेजुङमा मसाल जुलुस

अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)विरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा मसाल जुलुस प्रर्दशन गरिएको छ। संयुक्त मोर्चाले नेपाल कम्युनिष्ट पार्टीको जिमीपोखरी स्थित पार्टी कार्यालय बुधवार साँझ मसाल जुलुस निकालेको थियो।...

क्याम्पसको जग्गा जोगाउन मौन जुलुस

महेन्द्र बहुमुखी क्याम्पस धरानको करोडौं पर्ने जग्गा भूमाफियालाई हड्प्न नदिन धरानमा मौन जुलुस निकालिएको छ। नागरिक अगुवाहरूले गठन गरी क्याम्पसको जग्गा बचाउ समितिको आह्वानमा धरानमा मौन जुलुस निकालिएको हो।...

जनकपुरधाममा जनमत पार्टीका कार्यकर्ताको सिटी जुलुस

जनमत पार्टीले प्रदेश २ का विभिन्न जिल्लामा सिटी जुलुस प्रदर्शन गरेको छ । सोमबार जनकपुरधामसहित प्रदेशका ८ वटै जिल्ला मुकाममा सो पार्टीका कार्यकर्ताले सिटी जुलुस प्रदर्शन गरेका हुन् । पक्राउ परेका कार्यकर्ताको रिहाइ र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै जनमत पाटीले पूर्व निर्धारित कार्यक्रम अनुसार जुलुस निकालेको हो । जनकपुरधाममा निकालिएको जुलुसले नगर परिक्रमा गरेको थियो ।जनमत पार्टीले ९ गते पालिकाहरुमा मोटरसाइकल जुलुस, १० गते वडा तहमा कोणसभा र मसाल जुलुस, ११ गते वडास्तरमा प्रशिक्षण चलाउने, १२ गते स

दैलेखमा विप्लव समूहद्वारा राँके जुलुस

सुर्खेत  । दैलेखमा प्रतिवन्धित गरिएको विप्लव समुहले राँके जुलुस निकालेको छ ।  दैलेखको ठाटीकाँधमा केही बेर अघि मात्रै विप्लवले राँके जुलुस निकालेको हो । भोलि १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले जनाएको छ ।  राँके जुलुस सँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चनसहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलुस गरेका थिए ।दैलेख जिल्लाका ११ ओटै स्थानीय तहमा राँके जुलुस निकालिएको छ भने सदरमुकाम आसपासका गाउँमा पनि विप्लवले राँके जुलुस निकाले

देशभर दौड जुलुस र सिठ्ठी जुलुस निकाल्न नेविसंघ केन्द्रको परिपत्र

काठमाडौं : नेपाल विद्यार्थी संघले देशभर दौड जुलुश र सिठ्ठी जुलुस गर्ने भएको छ। माउ पार्टी नेपाली काँग्रेसले देशभरका स्थानीय तह र वडामा आयोजना गर्न लागिएको विरोध कार्यक्रमको प्रचारका लागि जुलुस निकाल्न सबै जिल्लाका अध्यक्षलाई केन्द्रीय अध्यक्ष राजिव ढुंगानाले परिपत्र गरेका छन्। जसअन्तर्गत माघ २ गते ७७ वटै जिल्लामा दौड…

ओलीको समर्थनमा धोती जुलुस

प्रधानमन्त्री केपी ओलीको  समर्थनमा शनिबार काठमाडौंमा धोती जुलुस निकालिएको छ । ओली समूहको पक्षको युवा संघले शनिबार काठमाडौंमा निकालेको र्‍यालीमा धोती जुलुस निकालिएको हो

संसद पुनर्स्थापना पक्षमा धनकुटामा राँके जुलुस

१८ पुस, काठमाडौं । संसद पुनर्स्थापनाको माग गर्दै धनकुटामा राँके जुलुस निकालिएको छ । नेकपा प्रचण्ड र माधव समूहका विद्यार्थीहरुले राँके जुलुस निकालेका हुन् । शनिबार साँझ राँके जुलुस निकाल्ने क्रममा अर्को समूहका विद्यार्थीहरुसँग झपडकै अवस्था आएको थियो । तर, प्रहरीले रोकेपछि प्रचण्ड-माधव समूहका विद्यार्थीहरुले प्रदर्शन गरेका थिए ।