काठमाडाैँ- निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन सर्वोच्च अदालतले रोक लगाएपछि आज निजगढवासीले विराेध जुलुस गर्ने भएका छन्। निजगढवासी र निजगढ विकास पक्षधरहरूले राष्ट्रिय गौरवको निजगढ अन्तर्राष्ट्रिय विमानस्थलबारे सर्वोच्च अदालतले गरेको निर्णय गलत भएको भन्दै पुनरावलोकनको कानुनी दवाव दिन माइतीघरबाट बानेश्वरसम्म विराेध जुलुस गर्ने भएको हो।