पेट्रोलियमको मूल्यवृद्धिविरुद्ध टर्च जुलुस, तस्बिरमा हेर्नुहोस्

पेट्रोलियम पदार्थको मूल्यवृद्धि खारेजीको माग गर्दै टर्च जुलुस निकालिएको छ । सरकारले पेट्रोलियम पदार्थमा पछिल्लो समय १० रुपैयाँले मूल्यवृद्धि गरेपछि विभिन्न विद्यार्थी संगठनहरुले बिहीबार साँझ टर्च जुलुस निकालेका हुन् । टर्च जुलुस शान्तिबाटिका, रानीपोखरी, जमल घण्टाघर हुँदै शान्तिबाटिका आएर समापन गरिएको थियो ।