दैलेखमा विप्लव समूहद्वारा राँके जुलुस

सुर्खेत  । दैलेखमा प्रतिवन्धित गरिएको विप्लव समुहले राँके जुलुस निकालेको छ ।  दैलेखको ठाटीकाँधमा केही बेर अघि मात्रै विप्लवले राँके जुलुस निकालेको हो । भोलि १० गते नेपाल बन्द सफल पार्न राँके जुलुस निकालिएको विप्लवले जनाएको छ ।  राँके जुलुस सँगै विप्लव समर्थक कार्यकर्ताले राज्यबाट गिरफतार गरिएका कञ्चनसहित आस्थाका बन्दीलाई रिहाको माग गर्दै नारा जुलुस गरेका थिए ।दैलेख जिल्लाका ११ ओटै स्थानीय तहमा राँके जुलुस निकालिएको छ भने सदरमुकाम आसपासका गाउँमा पनि विप्लवले राँके जुलुस निकाले