चिनियाँ अधिकारीमाथि लगाएको प्रतिबन्ध रद्द गर्न अमेरिकालाई चीनको आग्रह

अमेरिकाले चिनियाँ अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तत्काल रद्द गर्न चीनले माग गरेको छ । प्रतिबन्ध खारेज नगरिएमा बदलामा अमेरिकी अधिकारीमाथि पनि प्रतिबन्धको घोषणा गर्ने चेतावनी दिएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । चीनले आफ्ना अधिकारीमाथि लगाएको प्रतिबन्धबाट मानवअधिकार उल्लङ्घन भएको ठहर गरेको छ । अमेरिकाले पूर्वाग्रह राखेर चिनियाँ अधिकारीमाथि अनावश्यक दबाव दिने गरेको समेत चीनको भनाई छ । चीनले उइगुर मुसलमान तथा अन्य अल्पसंख्यक समुदायमाथि दमन गरेको आरोपमा अमेरिकाले केही चिनियाँ अधिकारीमाथि प्रवेशमा प्रतिबन्ध...

सम्बन्धित सामग्री

रोनाल्डो र युनाइटेडबीच सम्झौता रद्द

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो र म्यानचेस्टर युनाइटेडबीच आपसी समझदारीमा सम्झौता रद्द भएको छ । युनाइटेडले एक विज्ञप्ति जारी गर्दै रोनाल्डोसँगको सम्झौता आपसी समझदारीमा रद्द भएको जानकारी दिएको छ । गत सिजन युनाइटेड आएका रोनाल्डो पछिल्लो समय विवादमा रहेका थिए । प्रशिक्षक एरिक टेन हागसँग सम्बन्ध राम्रो नहुँदा उनले पर्याप्त खेल्ने समय पाइरहेका थिएनन् […]

इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल पनि रद्द

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द भएकाे छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नराेकिएपछि यी दुईबीचकाे खेल रद्द भएकाे हाे ।  खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् । याेसँगै इङ्ग्ल्यान्ड तीन खेलमा तीन अङ्कसहित समूह '१' काे दाेस्राे स्थानमा उक्लिएकाे छ । तीन खेलमा उति नै अङ्क भएकाे अस्ट्रेलिया नेट रनरेटकाे आधारमा चाैथाे स्थानमा छ ।  यसअघि आज बिहान आयरल्यान्ड र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएकाे थियाे ।

नेपाल र अफगानिस्तानबीचको खेल रद्द

नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान तुलाधरले दुई अभ्यास खेल रद्द भएको पुष्टि गरे ।‘तय दुवै खेल रद्द भएको छ,’ उनले भने । यसअघि एन्फाले एएफसी कप–२०२३ अघि अफगानिस्तानसँग जेठ ११ र १५ गते खेल्ने तय भएको थियो । कतारको दोहामा हुने तय भएको खेल अफगानिस्तान टिम आउन नमान्दा रद्द भएको महासचिव तुलाधरले बताए । ‘अफगानिस्तान टिम कतार नआउँदा रद्द भएको हो,’ उनले भने ।यद्यपि नेपाली टिम भने यसै हप्

रौतहटका १६ मतदान केन्द्रमा मतदान रद्द

३१ वैशाख, रौतहट । रौतहटका १६ मतदान केन्द्रको मतदान रद्द भएको छ । निर्वाचन आयोगका अनुसार मधेश प्रदेशका २५ मतदान केन्द्र रद्द भएकोमा रौतहटमा मात्रै १६ मतदान केन्द्रको मतदान रद्द भएको हो । आयोगले रौतहटको फतुवा विजयपुर नगरपालिका–७ का दुई मतदान केन्द्रको मतदान रद्द भएको जनाएको छ । सो मतदान केन्द्रमा विवाद हुँदा प्रहरीले ५ […]

बारा कांग्रेसको मतदान रद्द

काठमाडौं । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशनमा भएको मतदान रद्द भएको छ । शनिबार जिल्ला सभापतिसहित कार्यसमिति चयन गर्न भएको मतदानमा फर्जी मत खसालेको पाइएपछि मतदान नै रद्द भएको हो । नेपाली कांग्रेस बारा जिल्ला निर्वाचन कार्यालयले विज्ञप्ति निकालेर मतदानमा व्यापक अनियमितता र अमर्यादित स्थिति सिर्जना भएकाले मतदानको सम्पूर्ण प्रक्रिया अर्को सूचना नआइन्जेलसम्मका लागि रद्द […]

च्याम्पियन्स लिगको ड्र रद्द

२७ मंसिर, काठमाडौं । च्याम्पियन्स लिग फुटबलको ड्र रद्द भएको छ । यूईएफएले सफ्टवेयरमा प्राविधिक समस्या देखिएको भन्दै यूईएफले ड्र रद्द गर्ने निर्णय गरेको हो । अब नयाँ ड्र हुनेछ ।

एएफसी अवार्ड रद्द

काठमाण्डाै – एसियाली फुटबल महासङ्घ (एएफसी) ले दिने एएफसी अवार्ड रद्द भएको छ । कतारको दोहामा हुने भनिएको अवार्ड कोरोना महामारीका कारण रद्द भएको हो ।  कतार फुटबल एसोसिएशनसँगको सहकार्यमा आउँदो नोभेम्बर महिनामा अवार्ड कार्यक्रम हुने तय भएको थियो । अब सन् २०२२ को अवार्ड सन् २०२३ को जनवरीमा कतारमै हुनेछ । काेराेना महामारीका कारण गएको सिजनको अवार्ड पनि रद्द भएको थियो ।

चुनावका सबै कार्यक्रम रद्द

काठमाडौँ – निर्वाचन आयोगले चुनावका सबै कार्यक्रम रद्द गरेको छ। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै घोषित चुनावको सबै कार्यक्रम आयोगले रद्द गरेको हो। केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेर आउँदो कात्तिक २६ र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको चुनावको मिति घोषणा गरेका थिए। उक्त मितिमा चुनाव गराउन आयोगले असार २१ गते निर्वाचन कार्यतालिका सार्वजनिक गरेको […]

निर्वाचन आयोगको चुनाव कार्यतालिका रद्द

काठमाडौँ । निर्वाचन आयोगले मध्यावधि निर्वाचनका लागि सार्वजनिक गरेको निर्वाचन कार्यतालिका रद्द भएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि आयोगले मध्यावधि निर्वाचनको तयारीका लागि सार्वजनिक गरेको कार्यतालिका रद्द गरेको हो । सर्वोच्चको आदेशअनुसार निर्वाचन कार्यतालिका रद्द गरिएको हो ।

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा रद्द

काठमाडौं। सर्वोच्च अदालतले परीक्षा बदर गर्न निर्देशन दिएपछि राष्ट्रिय वाणिज्य बैंकको कर्मचारी परीक्षा रद्द भएको छ। लोकसेवा आयोगले यसअघि २०७४ देखि ७६ सालसम्म गरिएको परीक्षा रद्द भएको हो। आदेशपछि आन्तरिक र खुला तथा समावेशीतर्फका सबै परीक्षा रद्द भएको आयोगले बताएको छ। परीक्षा रद्द गर्न माग गर्दै सर्वोच्चमा परेको मुद्दामा सर्वोच्चले सबै परीक्षा रद्द गर्न आदेश दिएको थियो।