इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल पनि रद्द

काठमाण्डाै – आईसीसी टी–२० विश्व कप क्रिकेट अन्तर्गत इङ्ग्ल्यान्ड र अस्ट्रेलियाबीचकाे खेल रद्द भएकाे छ । मेलबर्न क्रिकेट मैदानमा वर्षा नराेकिएपछि यी दुईबीचकाे खेल रद्द भएकाे हाे ।  खेल रद्द भएसँगै दुवै टाेलीले एक/एक अङ्क बाँडेका छन् । याेसँगै इङ्ग्ल्यान्ड तीन खेलमा तीन अङ्कसहित समूह '१' काे दाेस्राे स्थानमा उक्लिएकाे छ । तीन खेलमा उति नै अङ्क भएकाे अस्ट्रेलिया नेट रनरेटकाे आधारमा चाैथाे स्थानमा छ ।  यसअघि आज बिहान आयरल्यान्ड र अफगानिस्तानको खेल पनि वर्षाका कारण रद्द भएकाे थियाे । 

सम्बन्धित सामग्री

भारत र इङ्ग्ल्यान्डबीचको पाँचौँ टेस्ट कोभिड–१९ का कारण रद्द

काठमाण्डाै – भारत र इङ्ग्ल्यान्डबीच म्यानचेस्टरमा आज हुने भनिएको पाँचौँ टेस्ट कोभिड–१९ सङ्क्रमणका कारण रद्द भएको छ ।    ओल्ड ट्राफर्ड स्टेडियममा आजदेखि पाँचौँ र अन्तिम टेस्ट हुने तय भएको थियो तर क्याम्पमा कोभिड–१९ सङ्क्रमण फैलिने डरका कारण खेल रद्द गरिएको बीबीसीले जनाएको छ ।  भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) र इङ्ग्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को आपसी सहमतिमा खेल रद्द गर्ने घोषणा गरिएको अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बताएको छ । समाचार एजेन्सी रोयटर्सका अनुसार गएको बुधवार ...

इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको अन्तिम एक दिवसीय क्रिकेट रद्द

काठमाण्डाै - घरेलु टिम इङ्ग्ल्यान्ड र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम एक दिवसीय क्रिकेट रद्द भएको छ। वर्षाका कारण खेल हुन नसकेपछि अन्तिम एक दिवसीय  क्रिकेट नतिजा विहीन भएकाे हो । इङ्ग्ल्यान्डको काउन्टी ग्राउन्ड ब्रिस्टोलमा श्रीलङ्काले इङ्ग्ल्यान्डलाई १ सय ६७ रनको लक्ष्य दिएको थियो । टस हारेर पहिले ब्याटिङ गरेको श्रीलङ्काले ४१ ओभर एक बलमा अलआउट हुँदै एक सय ६६ रन बनायो । उसका लागि दसुन सनाकाले सर्वाधिक ४८ रन बनाए । इङ्ग्ल्यान्डका टम कुरानले चार विकेट लिए । तर, पटक पटक पानी परेपछि इङ्ग्ल्यान्डले जवाफी ब्याटिङ गर्न नपाएपछि खेल...