‘१ ८–१८ वर्षसम्म विदेश बसें । न सीप थियो न राम्रो पढाइ । राम्रो कमाउन पनि सकिनँ । हाडछाला घोटीघोटी काम गरें । थोरैथोरै कमाएर भए पनि पुर्ख्यौली ऋण तिरें । विकट पहाडी गाउँको परिवार बजारमा झारें । सानोतिनो घर बनाएँ । छोराछोरी पढाएँ । तर परिवारलाई खोजेजति सम्पत्ति र खुसी दिन सकिनँ । अहिले न आफूसित उमेर छ, न पैसा न त परिवारको माया छ । धिक्कार छ, मलाई !’