काठमाण्डौ – भन्छन्, हातमा सीप भए भोकै मर्नु पर्दैन । डोटीका नरेश बोहाेराको भोगाईले पनि यही भन्छ । एक पटक वैदेशिक रोजगारीमा गएर फर्किनुभएका नरेशले विदेशमा सीपको महत्व बुझ्नुभयो । सीप नसिकी विदेश जाँदा आफूले पाएको दुःख फेरि पाउनु नपरोस् भनेर अहिले उहाँ स्काफोल्डिङको तालिम लिइरहनुभएको छ ।कोरोना महामारीको कारण लामो समयसम्म वैदेशिक रोजगारी ठप्प भयो । देशमा भएका मात्र होइन विदेशमा भएकाहरू पनि कोठामै थुनिन पर्यो । तर अहिले परिस्थिति केही सहज हुँदै गएको छ । मानिसहरू रोजगारीका लागि विदेश उड्न थालेक...