नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेताहरूलाई जनताले सम्मान नै गर्ने बताएका छन् । काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन सत्रमा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई जनताले चोरको उपमा दिन थालेको टिप्पणी गरेपछि जवाफमा प्रचण्डले जनताले नेताहरूलाई सम्मान नै गर्ने बताए । ‘एकजना वक्ताले नेताहरूलाई गाउँघरमा चोर आए भन्छन् जनताले भन्नुभयो । तपाईँहरुले सुन्नुभयो । यो साँचो हो त साथीहरू ? होइन यो गलत हो । यो केको निम्ति भनियो । जतिबेला राजनीतिक दललाई बदनाम गर्न खोजिन्छ । निरंकुश र ताना