काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति र प्रधानमन्त्रीको नाममा सडकमा लागेको आपत्तिजनक नाराको जवाफ दिएका छन् । आइतबार आफू निटक विद्यार्थी संगठन अनेरास्ववियुको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ती नारा लगाउनेहरु कस्तो संस्कारमा हुर्किएको भन्दै टिप्पणी गरे ।गत पुस १५ गते संसद विघटनविरुद्ध नेकपा प्रचण्ड नेपाल पक्षले गरेको बिरोध प्रर्दशनमा कार्यकर्ताहरुले आपत्तिजनक नारा लगाएका थिए । उनले मुलुकले पहिलोपटक महिला राष्ट्रपति पाएको उल्लेख गर्दै आफ्ना दिदीआमाको सम्मान गर्न आग्रह गरे ।&nbs