अपराध महाशाखाले झाँक्रीलाई सोधेका ४ प्रश्न र तिनको जवाफ

राज्यविरुद्धको कसूरमा पक्राउ परेकी नेकपा नेत्री रामकुमारी झाँक्रीलाई प्रहरीले साढे ५ घण्टापछि रिहा गरेको छ । महानगरीय अपराध महाशाखा मीनभवनमा झाँक्रीलाई ४ वटा प्रश्न सोधिएको थियो । उनलाई सोधिएको प्रश्नको लिखित जवाफ दिने क्रममा उनले संवैधानिक राष्ट्रपतिप्रति आफ्नो सम्मान रहेको बताएकी थिइन्  । के सोधिएको थियो उनलाई ? महाशाखा (गोरखामा झाँक्रीले राष्ट्रपतिलाई लक्षित गरेर बोलेको भिडियो देखाउँदै) - गोरखामा तपाईंले राष्ट्रपतिविरुद्ध यस्तो बोलेको हो ?’ झाँक्री - हो । महाशाखा – तपाईंले राष्ट्रपतिलाई...