जनमत पार्टीद्वारा अख्तियारको कार्यालय घेराउ

डा.सीके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय घेराउ गरेको छ । निर्धारित कार्यक्रमअनुसार महोत्तरीको बर्दिवासस्थित अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीले जनाएको छ ।प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा अनियमितता भएको उजुरीमाथि आवश्यक अनुसन्धान तथा छानविनका लागि दबाब दिँदै अख्तियारको कार्यालय घेराउ गरिएको सो पार्टीका नेता बताउँछन् । प्रदेश सरकारले खरिद गरेको साइकल तथा वितरण प्रक्रियासम्बन्धी फाइलहरू हाल अख्तियारको नियन्त्रणमा छ ।अख्त

सम्बन्धित सामग्री

‘किसानका माग सम्बोधनपछि मात्र चुनाव गर’: जनमत पार्टी

जनकपुरधाम– जनमत पार्टीले मंगलबार जनकपुरधाममा प्रदर्शनसँगै निर्वाचन कार्यालय घेराउ गरेको छ । जनमतका नेता तथा कार्यकर्ताले किसानका माग सम्बोधन भएपछि मात्र चुनाव गराउनुपर्ने भन्दै दबाब दिएका हुन् । ११ बुँदे माग राखेर किसान आन्दोलन गर्दै आएको जनमत पार्टीले सरकारविरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । जनमतका जिल्ला अध्यक्ष ओमविक्रम कुशवाहाको नेतृत्वमा निस्किएको […]

जनमत पार्टीद्वारा निर्वाचन कार्यालय घेराउ, निर्वाचनमा अवरोधको चेतावनी

किसानको माग पूरा नभएको भन्दै सिके राउत नेतृत्वको जनमत पार्टीले सरकार विरुद्ध प्रदर्शन गर्नुका साथै निर्वाचन कार्यालय घेराउ गरेको छ । मंगलबार जनकपुरधाममा जनमत पार्टी धनुषाका नेता तथा कार्यकर्ताहरूले संघीय तथा प्रदेश सरकार र स्थानीय तहका विरुद्ध विरोधमा प्रदर्शनसहित प्रदेश निर्वाचन कार्यालय घेराउ गरेका हुन् ।किसानहरूको समस्यालाई सम्बोधन गर्न विभिन्न ११ बुँदे मागसहित विगत करिब दुई महिनादेखि आन्दोलनरत जनमत पार्टीका कार्यकर्ताहरूले निकालेको विरोध र्‍याली नगरको विभिन्न क्षेत्रको परिक्रमा

खानेपानी प्रमुखलाई दुर्व्यवहार गर्ने जनमत पार्टीका ६२ कार्यकर्ता पक्राउ

जनकपुरधाम : नेपाल खानेपानी संस्थान धनुषाका निमित्त प्रमुख राजेश्वर कुशवाहालाई दुर्व्यवहार गरेको अभियोगमा प्रहरीले सिके राउत नेतृत्वको जनमत पार्टीका ६२ जना कार्यकर्ता पक्राउ गरेको छ।घटनालगतै शुरुमा प्रहरीले १३ जनालाई पक्राउ गरेको थियो। कार्यकर्तालाई पक्राउ गरेपछि रिहाईको माग गर्दै जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका जनमत पार्टीका कार्यकर्तालाई समेत गरी ६२ जनालाई पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए।धनुषाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास

सिके राउतको पार्टीले प्रदेश २ को अख्तियार घेराउ गर्ने

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ ।प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन सो घेराउ कार्यक्रम आयोजना गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए ।  उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटी

सिके राउत नेतृत्वको जनमत पार्टीले अख्तियारको कार्यालय घेराउ गर्ने

काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदेश नम्बर २ मा भ्रष्टाचार बढेको भन्दै आज अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवास कार्यालयमा घेराउ गर्ने भएको छ। आज (बुधबार) मध्यान्ह १२ बजे अख्तियारको महोत्तरीस्थित बर्दिवास कार्यालयमा घेराउ तथा ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको अध्यक्ष राउतको सचिवालयले जानकारी दिएको छ। प्रदेश नम्बर २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयदेखि […]

प्रदेश २ : जनमत पार्टीका कार्यकर्ताले घेरे मुख्यमन्त्रीको कार्यालय

प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । मुख्यमन्त्रीकै कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेराउ गरेको हो ।मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउअघि जनकपुरधाम नगर परिक्रमा गरेका थिए ।उनीहरुले जनकपुरधाम उपमहानगरपाल