प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले गर्‍यो मुख्यमन्त्रीको कार्यालय घेराउ

जनकपुर, असोज १८ । प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै सिके राउत जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । प्रदेश २ मा अख्तियारको छापाविरुद्ध जनता समाजवादी पार्टी आन्दोलित रहेको समयमा जनमत पार्टीका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री कार्यालय घेराउ गरेका हुन् । मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताहरुले मुख्यमन्त्रीविरुद्ध नाराबाजी गरेका थिए । […]

सम्बन्धित सामग्री

प्रदेश २ सरकारः मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो । प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनलले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् । अख्तियारले गरेको प्रथम चरणको अनुसन्...

प्रदेश २ : मुख्यमन्त्रीलाई राजीनामा दिन चौतर्फी दबाब

साइकल वितरण कार्यक्रममा भ्रष्टाचार गरेको आरोप लागेपछि प्रदेश २ सरकारका मुख्यमन्त्री लालबाबु राउतले राजीनामा दिनुपर्ने माग उठेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर साइकल वितरण कार्यक्रमको कागजात आफ्नो नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेपछि मुख्यमन्त्रीले राजीनामा दिनुपर्ने आवाज उठेको हो ।प्रमुख प्रतिपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) प्रदेश २ संसदीय दलका नेता जितेन्द्र सोनमले मुख्यमन्त्रीले तुरुन्त राजीनामा दिनुपर्ने बताउँछन् ।

प्रदेश-२ मा एकीकृत समाजवादीले भन्यो : साइकल वितरणमा भ्रष्टाचार भएको छ

२० असोज, जनकपुरधाम । प्रदेश-२ सरकारलाई समर्थन गरिरहेको नेकपा एकीकृत समाजवादीले प्रदेश सरकारमा भ्रष्टाचार भएको बताएको छ । प्रदेश सभाको बैठकमा बोल्दै नेकपा एकीकृत समाजवादीका संसदीय दलका नेता शत्रुघ्न महतोले हाकाहाकी भ्रष्टाचार भएको बताए । मन्त्रालयबाट गएको हरेक बजेटमा भ्रष्टाचार भएको भन्दै उनले कमिसन नदिँदा कामै नभएको विगतको स्मरण सुनाए । साइकल वितरणलाई महत्वपूर्ण स्थान […]

प्रदेश २ : जनमत पार्टीका कार्यकर्ताले घेरे मुख्यमन्त्रीको कार्यालय

प्रदेश २ मा भ्रष्टाचार बढेको भन्दै जनमत पार्टीले मुख्यमन्त्री कार्यालय घेराउ गरेको छ । मुख्यमन्त्रीकै कार्यालयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आशंकामा छापा मारेपछि जनमत पार्टीले मुख्यमन्त्रीविरुद्ध प्रदर्शन गर्दै कार्यालय घेराउ गरेको हो ।मोटरसाइकल जुलुससहित मुख्यमन्त्री कार्यालय घेराउ गर्नका लागि पुगेका कार्यकर्ताले मुख्यमन्त्री लालबाबु राउतविरुद्ध चर्को नाराबाजी गरेका थिए । उनीहरुले मुख्यमन्त्री कार्यालय घेराउअघि जनकपुरधाम नगर परिक्रमा गरेका थिए ।उनीहरुले जनकपुरधाम उपमहानगरपाल

प्रदेश २ मा अख्तियारको छानबिन

प्रदेश २ ले ‘बेटी पढाओ, बेटी बचाओ’ कार्यक्रम सञ्चालनमा रहँदा यसको चौतर्फी प्रशंसा भएको थियो । कक्षा ८ मा पढ्ने किशोरीहरूलाई एक थान साइकल प्रदान गर्ने कार्यक्रम रहेछ । सोही कार्यक्रमअन्तर्गत तीन किस्तामा गरी करोडौं मूल्यको साइकल प्रत्येक किस्तामा फरकफरक मूल्य कायम गरी खरिद भएको अवस्था रहेछ । साइकल खरिदलगायतका विषयमा ठूलो भ्रष्टाचार भएकाले छानबिनको […]

प्रदेश-२ को मुख्यमन्त्री कार्यालयमा अख्तियारको छापा

धनुषा- प्रदेश-२ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा अख्तियारले छापा मारेको छ । ‘मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ’ अभियान अन्तर्गत छात्रालाई वितरण गरिएको साइकल खरिदमा भ्रष्टाचार भएको उजुरी परेपछि आयोगको काठमाडौं र बर्दिबासको संयुक्त टोलीले छापा मारेको हो । टोलीले साइकल खरिद र वितरणसम्बन्धी कागजात नियन्त्रणमा लिएको जनाइएको छ ।

प्रदेश २ मा भ्रष्टाचार न्यूनीकरणका लागि गठित जन लोकपाल आयोग विवादित

जनकपुर । प्रदेश २ मा सरकारले हालै गठन गरेको जन लोकपाल आयोग विवादित बनेको छ । भ्रष्टाचार न्यूनीकरणका लागि प्रदेश सरकारले गठन गरेको आयोगमा मुख्यमन्त्री लालबावु राउतले मनपरी पदाधिकारी नियुक्ति गरेको भन्दै सत्तारुढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रले असन्तुष्टी जनाएका छन् । मुख्यमन्त्री लालबाबु राउतले अघिल्लो मंगलबार साँझ आयोगका अध्यक्षमा रौतहटका कानुन व्यवसायी रामसहाय […]

प्रदेश २ मा व्यापक अनियमितता : ठेक्कापट्टादेखि अनुदानसम्म जताततै भ्रष्टाचार !

आर्थिक वर्ष २०७६/०७७ मा प्रदेश नम्बर २ मा व्यापक अनियमितता भएको पाइएको छ । महालेखा परीक्षकको ५८ औं प्रतिवेदनमा समेत उक्त कुरा उल्लेख गरिएको छ। लालबाबु राउत नेतृत्वको प्रदेश नम्बर २ सरकारको मुख्यमन्त्री कार्यालयमा नै व्यापक अनियमितता भएको कुरा प्रतिवेदनमा उल्लेख छ । मुख्यमन्त्री स्वच्छता अभियानका क्रममा पोखरी तथा नदीहरूको सौन्दर्यीकरण गर्ने कार्यक्रमका लागि परामर्शदाता छनौटदेखि अन्य विभिन्न कार्यक्रममा अनियमितता भएको छ। परामर्श सेवा छनौटमा अनियमितता   प्रदेश नम्बर २ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले मुख्यमन्त्र...

प्रदेश २ : भ्रष्टाचारको कसुरमा दण्डित व्यक्तिलाई बनाइयो मन्त्रालयको सल्लाहकार

प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादवले भ्रष्टाचार मामिलामा अदालतबाट दण्डित व्यक्तिलाई सल्लाहकार नियुक्त गरेका छन् । विशेष अदालत काठमाडौंले भ्रष्टाचारको मुद्दामा कैद र जरिवाना तोकेका जीवनाथ चौधरीलाई मन्त्रालयको सल्लाहकार बनाइएको हो ।भ्रष्टाचार मुद्दामा अदालतले उनीमाथि ४ महिना जेल सजाय र ६ लाख ७५ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको थियो । यद्यपि सर्वोच्चमा पुनरावेदन गरिएको उक्त मुद्दा हाल विचाराधीन छ । चौधरी तत्कालीन जिल्ला विकास समिति धनुषाका लेखापालको रुपमा कार्यरत रहँदा भ्रष्