काठमाडौँ । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिवासस्थित कार्यालय घेराउ गर्ने भएको छ ।प्रदेश २ का मुख्यमन्त्री कार्यालयमा छापा मारेपछि त्यसको कारवाही प्रकृया चाँडै अगाडि बढाउन दबाव दिन सो घेराउ कार्यक्रम आयोजना गरिएको जनमत पार्टीका महासचिव चन्दन सिंहले बताए । उनले भने, ‘छापा मारेर मात्र हुँदैन, त्यसको छानविन गरी दोषीमाथि कारवाही हुनुपर्छ ।घेराउ कार्यक्रम केन्द्रीय सचिवालयबाटै आयोजना गरे पनि कार्यक्रममा धनुषा, महोेत्तरी जिल्लाका जिल्ला कमिटी