काठमाडौं : नेकपा एमालेले सभामुख अग्निप्रसाद सापकोटालाई पार्टी विभाजनको मतियार बनेको आरोप लगाएको छ। प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै अवरोध गरेर एमालेको प्रमुख सचेतक विशाल भट्टराईले भने, ‘हामीले भदौ १ गते १४ जना सांसदलाई कारबाही गर्न पाउने भनेर सभामुखलाई टेबुलमा पुर्याएको थियौँ। तर, सभामुखले सुचना टाँस गर्नुभएन। पुरानो नजिरलाई हेर्दा यसअघिको सांसदलाई उहाँले २४ घण्टा नबित्दै सूचना टाँस गर्नुभएको थियो।’ बैठकमा उनले माओवादी र जसपालाई लागू हुने नियम एमालेलाई नहुने हो?