निर्वाचन आयोगको भूमिकाप्रति एमालेको प्रश्न– कारवाहीमा परेकालाई सनाखत गराएको भन्दै अदालत जाने

नेकपा एमालेले पार्टीले कारवाही गरेका व्यक्तिलाई नयाँ दल दर्ताका लागि सनाखत गराएको भन्दै निर्वाचन आयोगको भूमिकाप्रति प्रश्न उठाएको छ । आयोगको भूमिका दल विभाजनका लागि सहयोगी भएको एमालेको आरोप छ । पुष्पलाल स्मृति प्रतिष्ठानको कार्यालय च्यासलमा बिहीवार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टीले कारवाही गरेका व्यक्तिलाई दल विभाजनका लागि सनाखत गराउने कामको कानूनी प्रतिवाद गर्ने निर्णय गरेको हो ।  ‘निर्वाचन आयोगबाट केही विवादास्पद निर्णय भएका छन्, पार्टीले कारवाही गरेका व्यक्तिलाई सनाखत गराउन लगाउने गलत काम भएका छन्...