सरकारलाई एमालेको प्रश्न : बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने देश कहाँ छ ?

प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले हालै दर्ता गरेको नागरिकता विधेयकमा राखिएका विभिन्न प्रावधानमाथि प्रश्न उठाएको छ । बिहीबार प्रतिनिधिसभा बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले विधेयक प्रस्तुत गरेपछि सैद्धान्तिक छलफलमा भाग लिँदै एमालेले आपत्ति जनाएको हो । एमाले सांसद कृष्णभक्त पोखरेलले वैवाहिक अंगीकृत नागरिकता दिने विषयमा सरकारले बिहेको भोलिपल्टै विदेशी बुहारीलाई नागरिकता दिने व्यवस्था गर्न खोजेको भन्दै आपत्ति जनाए । सांसद पोखरेलले बिहे गरेर आउने बुहारीलाई कति समयपछि नागरिकता दिने हो भन्ने बिष