मर्जर प्रयोजनको लागि गुराँस लाइफ इन्स्योरेन्ससहित ३ ओटा कम्पनीको शेयर कारोबार रोक्का

जेठ ३, काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले धितोपत्रको दोस्रो बजारमा तीन ओटा अलग - अलग कम्पनीको कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले गुराँस लाइफ इन्स्योरेन्स कम्पनी, प्राइम लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो । यी तीन ओटा कम्पनी एक आपसमा गाभिने समझदारी पत्रमा हस्ताक्षर भएसँगै शेयर कारोबार रोक्का भएको हो ।  ती कम्पनी बीच गत वैशाख २९ गते एकापसमा मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको थियो । बीमा समितिको निर्देशन अनुसार न्युनतम चुक्तापूँजी ५ अर्ब रुपैयाँ कायम गर्न ती जीवन बीमा कम्पनीहरु बीच मर्जर सम्झौता भएको हो ।

सम्बन्धित सामग्री

प्राइम, गुराँस र युनियन लाइफ मर्जर, बन्यो हिमालयन लाइफ

काठमाडौं, २७ बैशाख । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा भएका छन्। मर्जर भएपछि कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड रहेको छ। प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र युनियन लाइफ इन्स्योरेन्स १:१:१ सेयर अनुपातमा गाभिएका हुन्।

युनियन, प्राइम र गुराँस इन्स्योरेन्स एक आपसमा गाभिँदै

युनियन लाइफ, प्राइम लाइफ र गुराँस लाइफ इन्स्योरेन्स एक आपसमा गाभिने सम्बन्धमा सम्झौता भएको छ।

यूनियन, प्राइम र गुराँस लाइफ मर्जरमा जाने अन्तिम सम्झौता

यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्स कम्पनीबीच एक अपसमा मर्जरमा जाने अन्तिम सम्झौता भएको छ । आइतबार सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । सम्झौता पत्रमा यूनियन लाइफका अध्यक्ष शुलभ अग्रवाल, प्राइम लाइफका अध्यक्ष पियुषराज अर्याल र गुराँस लाइफका अध्यक्ष विवेक दुगडले हस्ताक्षर गरेका हुन् । सम्झौताअनुसार यूनियन, प्राइम र गुराँस लाइफ इन्स्योरेन्सको सेयर अनुपात १ः१ः१ […]

गुराँस लाइफ इन्स्योरेन्सको बोनश सेयर प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडकोे १२औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।सेयर धनीहरुको भौतिक तथा जुममार्फत सभा सम्पन्न भएको कम्पनीले जनाएको छ । साधारण सभाले वार्षिक प्रतिवेदन छलफल गरी पारीत गरेको छ भने लेखापरीक्षकको प्रतिवेदनसहित २०७७ असार मसान्तको हिसाब, नाफा, नोक्सान, वासलात, वित्तीय विवरण पारीत समेत गरेको छ ।सभाले आर्थिक् वर्ष २०७७/०७८ को लागि लेखा […]

गुराँस लाइफ इन्स्योरेन्सको सम्पत्ति शुद्धीकरण तालिम

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना अभिकर्तालाई सम्पत्ति शुद्धीकरण सम्बन्धी (एएमएल-सीएफटी) तालिम सञ्चालन गरेको छ ।कम्पनीले पोखरमा राष्ट्रिय स्तरको सम्पत्ति शुद्धीकरण तथा बीमा क्षेत्रमा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित जानकारी कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा देश भरिका करिव ४०० उत्कृष्ट अभिकर्ताहरुको सहभागिता रहेको कम्पनीले जनाएको छ ।कार्यक्रमको प्रस्तुती कम्पनीका कानुन अधिकृत अधिवक्ता बालकृष्ण गजुरेलले गरेका थिए । […]

अनाथ बालबालिकालाई गुराँस लाइफ इन्स्योरेन्सको सहयोग

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले बुढानिलकण्ठ नगरपालिका–३ मुहानपोखरीमा रहेको नवयुवा बाल सुधार अनाथ बालबालिकालाई सहयोग गरेको छ ।कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अनाथालयका बालबालिकालाई न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सामग्री प्रमुख कार्यकारी अधिकृत विपिन कुमार लालले बालबालिकालाई हस्तान्तरण गरे ।१९ वर्षदेखि सञ्चालनमा रहेको नव यूवा बाल सुधार समाजलाई कम्पनीको तर्फबाट सानो सहयोग गर्न पाएकोमा आफूलाई […]

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश प्रस्ताव

गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७५/०७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५/०७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको चुक्ता पुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ हजार ४०० रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ […]

गुराँस लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

२५ साउन, काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७५/७६ का लागि लाभांश प्रस्ताव गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार बसेको बैठकले ५.७९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा आर्थिक वर्ष २०७५÷७६ सम्मको सञ्चित मुनाफाबाट हालसम्म कायम कम्पनीको हाल कायम चुक्तापुँजीकोे ५.५ प्रतिशतले हुन आउने १० करोड ८६ लाख ६५ […]

गुराँस लाइफ इन्स्योरेन्सका कम्पनी सचिव पुरीलाई मातृ शोक

काठमाडौं, १६ असार । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका कम्पनी सचिव बोध लाल पुरीलाई मातृ शोक परेको छ । उनकी ममतामयी माता सिता देवी पुरीको २०७८ असार १२ गते दिउँसो १ बजेर ७ मिनेटमा उपचारको क्रममा मदरल्याण्ड अस्पतालमा निधन भएको थियो । गुराँस लाइफ इन्स्योरेन्स परिवारले दुःखको यस घडीमा शोकसन्तप्त परिवारजनप्रति धैर्य धारण गर्न सक्ने […]