काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ( नेप्से) ले तीन जीवन बीमा कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ ।
नेप्सेले प्राइम लाइफ इन्स्योरेन्स, यूनियन लाइफ इन्स्योरेन्स र गुराँस लाइफ इन्स्योरेन्सकोे शेयर फुकुवा गरेको हो । नेप्सेले यी तीनओटै कम्पनीको आधारभूत शेयरधनीबाहेक शेयरधनीको शेयर कारोबार फुकुवा गरेको हो ।
यी कम्पनीको भोलि अर्थात् मंगलवारदेखि शेयर खरीदविक्री गर्न मिल्नेछ । यी तीनओटै कम्पनीले एक आपसमा मर्जरमा जाने समझदारीपत्रमा हस्ताक्षर गरेसँगै गत जेठ ३ गतेदेखि शेयर कारोबार रोक्का भएको थियो ।
हाल मर्जर तथा प्राप्ति प्रयोजनका लागि शेयर कारोबार एकीकृत कारोबारपछि मात्र बढीमा १५ दिन मात्र रोक्का गर्नुपर्ने व्यवस्था कार्यान्वयनमा आएसँगै रोक्का रहेका कम्पनीहरूले कारोबार फुकुवाको प्रक्रिया अघि बढाएका हुन् ।