काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स, गुराँस लाइफ इन्स्योरेन्स र यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही वैशाख २६ गतेदेखि एकीकृत कारोबार शुरु गर्ने भएका छन् ।
यी तीनओटै जीवन बीमा कम्पनीले एकीकृत कारोबार प्रयोजनको लागि नेपाल स्टक एक्सचेञ्ज (नेप्से)समक्ष धितोपत्र कारोबार रोक्का राख्न अनुरोध गरेका छन् ।
यी तीन कम्पनी एकआपसमा गाभ्ने र गाभिनेसम्बन्धी निर्देशिकाबमोजिम एकीकृत कारोबारपछि कम्पनीको शेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरण प्रयोजनका लागि वैशाख २६ गते गतेदेखि १५ कार्य दिने लागि शेयर कारोबार रोक्का गरिदिन कम्पनीहरूले नेप्सेसमक्ष अनुरोध गरेका हुन् । यी तीन कम्पनी समान हैसियतमा मर्जरमा जान लागेका हुन् ।