नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनले वास्तविक ऋणीलाई ऋण लिन कुनै समस्या नभएको दाबी गरेका छन् । चालु पुँजीसम्बन्धी मार्गदर्शनले थप ऋण लिन अप्ठेरो भएको भन्ने गुनासो निजी क्षेत्रबाट आइरहेको बेला गभर्नर अधिकारीले उक्त मार्गदर्शनले वास्तविक ऋणीलाई ऋण लिन समस्या नभएको बताएका हुन् ।