चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शनमा निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघले थप संशोधनको माग गरेको छ । राष्ट्र बैंकले बुधबार गरेको मार्गदर्शन संशोधनमार्फत् भएको नयाँ व्यवस्थाले साना व्यवसायीलाई राहत पुगे पनि सबै उद्योगी व्यवसायीको समस्या सम्बोधन गर्न र अर्थतन्त्रलाई चलायमान बनाउन थप संशोधन आवश्यक रहेको महासंघले ठहर गरेको छ ।