एजेन्सी । सन् २०१२ मा करीना कपुर र सैफ अली खानको प्रेम विवाह भएको थियो । यस अघि उनीहरुबीतच ५ वर्षको अफयेर चलेको थियो । करीना आउनुभन्दा पहिला पनि सैफको जीवनमा अर्कै युवती रहेकी थिइन् । सैफ त्यस समय इटालीकी एक युवतीसँग डेटमा रहेका थिए । यही अफयेरका कारण सैफ अली खानलाई उनकी पहिली श्रीमतीले डिभोर्स दिएकी थिइन् । रोना क्याटलानो स्विस मोडल हुन् । उनको जन्म भने इटालीमा भएको थियो ।