काठमाण्डाै – सरकारले काेराेनाकाे विषयलाई लिएर थप सचेत हुन नागरिकलाई आग्रह गरेको छ । गएको वर्ष भन्दा यसवर्ष कोरोना सङ्क्रमणको असर धेरै देखिएको र अत्यधिक सङक्रामक नयाँ भेरिएन्ट पनि पुष्टि भएको अवस्थामा निषेधाज्ञाको पूर्ण पालना गर्न गृह मन्त्रालयले अनुरोध गरेको छ ।
कोरोना सङ्क्रमण नियन्त्रणका लागि विभिन्न जिल्लामा गरिएको निषेधाज्ञाको कार्यान्वयन अहिलेसम्म सन्तोषजनक देखिएको गृह मन्त्रालयले निकालेको विज्ञप्तिमा उल्लेख छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालले आदेशको प्रभावकारी कार्यान्वयन र असहज परिस्थितिलाई सहज तथा सामान्य बना...