जिल्ला प्रशासन कार्यालय रौतहटले तटीय क्षेत्रका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ । रौतहटका सिडियो इन्द्रदेव यादवले शनिवार एक सूचना जारी गर्दै बागमती, लालबकैया नदीका साथै जिल्लास्थित सा–साना खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेका हुन् । लगातारको बर्षाले जिल्लाको पूर्वी किनारमा बागमती र पश्चिममा लालबकैया नदीमा पानीको सतह बढ्ने मौसमविद्ले बताएकाले तटीय क्षेत्रका बासिन्दालाई सिडियो यादवले सतर्क रहन आग्रह गरेका हुन् । मुसलधारे बर्षाको कारण बागमती ,लालबकैया नदि