गत आर्थिक वर्षको नियमित साधारणसभा सकेको नेपाल इन्भेष्टमेन्ट बैंकले मर्जर तथा प्राप्तिको एजेण्डा पारितका लागि विशेष साधारणसभा बोलाएको छ।
बैंकले हिमालयन बैंकसँग गाभिने एजेण्डा पारितका लागि माघ ४ गते साधारणसभा बोलाएको हो ।
हिमालयन बैंकले भने आफ्नो नियमित साधारणसभाबाट मर्जर तथा प्राप्तिको एजेण्डा अनुमोदन गर्दैछ।
बैंकले टीआर उपाध्याय एण्ड कम्पनीले दिएको सम्पूर्ण सम्पत्ति तथा दायित्व (डीडीए) को मूल्यांकन प्रतिवेदनलाई अनुमोदन गर्ने छ।
दुवै बैंकको सेयर आदानप्रदान अनुपात एक बराबर एक आएको छ। विशेष साधारणसभाबाट म...