अपर तामाकोसीले एक बराबर एक हकप्रद सेयर निष्कासन गर्ने

अपर तामाकोसी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद निष्कासन गर्ने प्रस्तावसहित शुक्रबार वार्षिक साधारणसभा बस्ने भएको छ ।  १ः १ अनुपातमा हकप्रद जारी गर्ने प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको हो । साधारणसभा नेपाल प्रज्ञा प्रतिष्ठानमा शुक्रबार बिहान ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि १८ साउनमा बुक क्लोज गरिएको थियो ।१७ साउनसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन सक्नेछन् । सञ्चालक समितिमा प्रतिनिधित्व गर्न संस्थापक सेयरधनी समूहबाट एकजना महिलासहित चारजना सञ्चालनको निर्वाचन गर्न

सम्बन्धित सामग्री

पिपुल्स पावरले ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने

१८ मंसिर, काठमाडौं । पिपुल्स पावरले हाल कायम चुक्ता पुँजीको ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने निर्णय गरेको छ । कम्पनीको सञ्चालक समितिको बैठकले १ बराबर ०.५ को अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने प्रस्ताव साधारणसभामा लैजाने निर्णय गरेको हो । आयोजनाको नियमित मर्मत सम्भार गर्न, भुक्तानी बाँकी हिसाव फरफारक गर्न तथा नयाँ आयोजनामा लगानी गर्नका […]

मंसिर १० देखि घलेम्दी हाइड्रोपावरको हकप्रद खुल्ने, रेटिङले देखायो जोखिम

२२ कात्तिक, काठमाडौं । घलेम्दी हाइड्रोपावरले मंसिर १० देखि १ बराबर २ अनुपातमा हकप्रद सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले अंकित मूल्य १०० दरले एक करोड १० लाख कित्ता हकप्रद सेयर निस्कासन गर्ने भएको हो । ठूलो मात्रामा कम्पनीले हकप्रद सेयर निस्कासन गर्न लागेको छ । पुस १ गतेसम्म लगानीकर्ताले हकप्रद सेयरका लागि आवेदन […]

१० भदौदेखि हकप्रद जारी गर्दै मल्टीपर्पस फाइनान्स

२५ साउन, काठमाडौं । मल्टीपर्पस फाइनान्स लिमिटेडले १० भदौ देखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । फाइनान्सले हाल कायम चुक्ता पूँजीको ३५ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको थियो । कम्पनीले १०० कित्ता बराबर ३५ कित्ता अर्थात १००ः३५ को अनुपातमा हकप्रद जारी गर्न लागेको हो । यस अनुसार हाल कायम १०० कित्ता सेयर […]

अपर तामाकोशीलाई शतप्रतिशत हकप्रद सेयर बिक्रीको अनुमति

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले अपर तामाकोशी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत अर्थात् १ बराबर १ अनुपातमा १० करोड ५९ लाख कित्ता हकप्रद जारी गर्न अनुमति दिएको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले नागरिक लगानी कोष र सनराइज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । हाल […]

७५ प्रतिशत हकप्रद सेयर जारी गर्दै हिमाल दोलखा हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावरले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको छ । कम्पनीले आफ्ना लगानीकर्तालाई ०.७५ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने भएको हो ।हकप्रद सेयर जारी गर्नका लागि कम्पनीले आगामी वार्षिक साधारण सभामा प्रस्ताव पेस गर्ने तयारी गरेको छ । हाल हाइड्रोपावरको चुक्ता पुँजी १ अर्ब ६० करोड रुपैयाँ छ । दोलखा हाइड्रोपावरले यही चुक्ता पुँजीको ७५ प्रतिशत हकप्रद सेयर जारी गर्ने भएको हो ।यही भदौ ३ गते बस्ने कम्पनीको साधारण सभाले पारित गरेपछि १ बराबर ०.७५ प्रतिशत हकप्रद जारी हुने छ । हकप्रद सेयर ज

अपि पावरले पायो हकप्रद निष्काशनको स्वीकृति, १ करोड ८ लाख सेयर जारी गर्ने

अपि पावर कम्पनी लिमिटेडले धितोपत्र बोर्डमार्फत हकप्रद सेयर निष्काशनको स्वीकृत पाएको छ । बिहीबार कम्पनीले बोर्ड मार्फत  १० बराबर ३.९३२६९२६ कित्ता अनुपातमा हकप्रद सेयर जारी गर्न स्वीकृति पाएको हो । योसँगै कम्पनीले कुल १ करोड ८ लाख ६० हजार कित्ता सेयर जारी गर्न पाउने भएको छ । हकप्रद सेयर निष्काशनका लागि कम्पनी बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त समेत समेत गरिसकेको छ ।कम्पनीले गत असोज २५ गते हकप्रद सेयर निष्कासनको स्वीकृतिका लागि बोर्डमा निवेदन दिएको थियो ।हाल कम्पनीको

हकप्रद सेयर जारी गर्न लागेको एक्सेलको बुक क्लोज असोज १ गते

एक्सेल डेभलपमेन्ट बैंकले हकप्रद निष्कासनका लागि असोज १ गते बुक क्लोज गर्ने भएको छ । कम्पनीले १०ः३ बराबरको हकप्रद सेयर जारी गर्न असोज १ गते बुक क्लोज गर्ने भएको हो ।जसअनुसार, असोज १ गते अगाडिसम्म कायम कम्पनीका सेयरधनीहरूले हकप्रद सेयरमा १० कित्ता बराबर थप ३ कित्ताका लागि आवेदन दिन पाउनेछन् । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले असोज १ गते बुक क्लोज गर्ने निर्णय गरेको हो ।यसअघि, २०७७ साल असार १४ गते सम्पन्न कम्पनीको चौधौं वार्षिक साधारण सभाले हाल कायम चुक्ता पुँजी ८१ करोड ११ लाख २१ हजार क

शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेण्ट बैंकद्वारा हकप्रद सेयरका लागि निवेदन

शिखर इन्स्योरेन्स कम्पनी र एक्सेल डेभलपमेण्ट बैंकले हकप्रद सेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् । दवै कम्पनीले ३० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेका हुन् ।शिखर इन्स्योरेन्सले १० बराबर ३ को अनुपातमा ५२ करोड ७५ लाख ५७ हजार २०० रूपैयाँ बराबरको ५२ लाख ७५ हजार ५७२ कित्ता र एक्सेल डेभलपमेण्ट बैंकले […]

अपि पावरले हकप्रद सेयर जारी गर्ने

काठमाडौं। अपि पावर कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ। कम्पनीले एक सय रुपैयाँ अंकित १ बराबर ०.२९३८ कित्ताको अनुपातमा हकप्रद जारी गर्ने भएको हो। ५६ लाख ७० हजार कित्ता हकप्रद सेयरको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल तोकिएको छ। कम्पनीको हकप्रद यही वैशाख २८ गतेसम्म सेयरधनी हुनेहरुले पाउनेछन्।