नेपाल एसबिआई बैंक Nepal SBI Bank Limited ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २० गते मंगलबार त्रिभुवन आर्मी अफिसर्स क्लबमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । बैंकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ३.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि १.८१ प्रतिशत नगद लाभांश गरि कुल ५.३१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी ९ अर्ब ४९ करोड ३५ लाख ७७ हजार रहेको छ । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस ७ गतेदेखि २० गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् । यस्ता छन् सभामा पेश हुने प्रस्ताव : क) सामान्य प्रस्ताव :१. आ.व. २०७७/७८ का लागि संचालक समितिको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने । २. लेखापरीक्षकको प्रतिवेदनसहितको आ.व. २०७७/७८ को वार्षिक आर्थिक विवरण (आषाढ मसान्त २०७८ को वासलात, आ.व. २०७७/७८ को नाफानोक्सान हिसाब र सोही अवधिको नगदप्रवाह विवरणलगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित अनुसूचीहरु समेत) छलफल गरी पारित गर्ने । ३. यस बैंकको सहायक कम्पनी “नेपाल एसबिआई मर्चेण्ट बैकिङ्ग लि.” को आ.व. २०७७/७८ को वित्तीय विवरण सहितको एकीकृत (Consolidated) वित्तीय विवरण स्वीकृत गर्ने ।४.संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु. १७,१८,३३,७५९.७५ बराबर (चुक्ता पूँजीमा १.८१ प्रतिशतका दरले) नगद लाभांश (बोनस शेयर तथा नगद लाभांशमा लाग्ने कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्ने । ५. बैंकको लेखापरीक्षण समितिले सिफारिस गरे अनुसार आ.व.२०७८/७९ को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने । ६. सर्वसाधारण शेयरधनी समूहको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक जना संचालकको निर्वाचन गर्ने ।विशेष प्रस्ताव १. बैंकको संचालक समितिले प्रस्ताव गरे अनुसार शेयरधनीहरुलाई रु.३३,२२,७५,२२६.०३ बराबर (चुक्ता पूँजीमा ३.५० प्रतिशतका दरले) बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने । २. विशेष प्रस्ताव नं. १ बमोजिम कम्पनीको जारी तथा चुक्ता पूँजीमा परिवर्तन गर्नुपर्ने भएका कारण तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र कम्पनी ऐन, २०६३ मा भएको व्यवस्थाको अनुपालना गर्नका लागि बैंकको प्रबन्धपत्र तथा नियमावलीको विभिन्न दफा/नियममा संशोधन गर्ने सम्बन्धी प्रस्ताव पारित गर्ने । ३.बैंकले आ.व. २०७७/७८ मा संस्थागत सामाजिक उत्तरदायित्व वहन गर्ने क्रममा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम संचालन गर्न गरिएको खर्च रु. १,२१,१३,९२२.१७ कम्पनी ऐन, २०६३ को दफा १०५ को उपदफा १ को खण्ड (ग) ले निर्धारण गरेको सीमा नाघेको हुँदा सो अन्तरगत भएको खर्च रु. १,२१,१३,९२२.१७लाई अनुमोदन गर्ने । ४. बैंकले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्न आवश्यक सहमति र सम्झौता गर्ने लगायत बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने (मर्जर) वा प्राप्ति (एक्विजिसन) गर्ने /गराउने सम्बन्धमा प्रचलित नियम, कानून बमोजिम बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण आवश्यक कार्यहरु गर्ने/गराउने अख्तियारी संचालक समितिलाई प्रत्यायोजन गर्ने। ५. नियामक निकायहरुको निर्देशन बमोजिम प्रबन्धपत्र तथा नियमावलीका प्रस्तावित संशोधनहरुमा परिमार्जन गर्न आवश्यक र उपयुक्त भएमा सो कार्यका लागि संचालक समितिलाई अधिकार प्रदान गर्ने । ६. विविध (अध्यक्षज्यूको अनुमतिमा)।