माओवादी नेताहरुको प्रतिक्रिया : चुनावमा कांग्रेसले धोका दियो

सत्ता गठबन्धनमा सहभागी नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताले  नेपाली कांग्रेसले धोका दिएको निष्कर्ष निकालेका छन् । माओवादीसहित   एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायत दलहरूले काँग्रेसलाई इमानदारिताका साथ मत दिएपनि कांग्रेसले धोका दिएको आरोप लगाएका हुन । गठबन्धनमा सहभागी दलहरूले एक आपसमा मत नदिँदा एमाले मजबुत भएर आएको नेताहरूको बुझाई छ ।चुनावी परिणामकै बीच माओवादी केन्द्रका पोलिटब्युरो सदस्य रामप्रसाद सापकोटा‘ दीपशिखा’ले कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टीसँगक

सम्बन्धित सामग्री

प्रचण्ड गोरखा जाने भएपछि रेणुको प्रतिक्रिया : चितवनबासीका लागि दुर्भाग्य

काठमाडौं – नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रतिनिधिसभा चुनावमा गोरखा निर्वाचन क्षेत्र नम्बर २ बाट चुनाव लड्ने भएका छन् । पार्टी कार्यालय, पेरिसडाँडामा शुक्रबार बसेको पदाधिकारी बैठकले चितवन ३ छाडेर प्रचण्डलाई गोरखा २ मा उम्मेदवार बनाउने निर्णय गरेको हो । प्रचण्डले चितवन छाड्ने भएपछि उनकी पुत्री तथा भरतपुर महानगरकी मेयर रेणु दाहालले यसलाई दुर्भाग्यपूर्ण […]

माओवादीको प्रतिक्रिया : एकल नेतृत्व सम्भव छैन

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता गिरिराजमणि पोखरेलले नेपाली कांग्रेसको एकल नेतृत्व स्वीकार गरेर गठबन्धन हुन नसक्ने बताएका छन् । गठबन्धनको प्रमुख घटक नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधिसभा चुनावमा सत्ता गठबन्धनमा रहेका दलहरुसँग चुनावी तालमेल गर्ने निर्णय गरेको छ, तर स्थिर सरकार हुनुपर्ने भन्दै पाँच वर्ष आफूले नेतृत्व गर्न पाउनुपर्ने शर्त राखेको […]

गठबन्धनमा खटपट !

सत्ता गठबन्धनबीच स्थानीय तहका साथै प्रदेश र संघको चुनावमा पनि तालमेल गर्ने कसरत भइरहेका बेला कांग्रेस र माओवादी केन्द्रका नेताहरूले आपसमा टीकाटिप्पणी गर्ने क्रम बढेको छ । कांग्रेसमा खास गरी शेखर कोइराला समूहका नेताहरूले एक्लै चुनावमा जानुपर्ने सार्वजनिक अभिव्यक्ति दिइरहेका छन् भने माओवादी नेताहरूले पनि कांग्रेसमा अहंकार बढेको प्रतिक्रिया दिन थालेका छन् ।

‘आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ !’

चितवन – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका नेता एवम् पूर्व गृह मन्त्री रामबहादुर थापा बादलले आफू माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग चुनाव लड्न तयार रहेको बताउनुभएको छ । नेता बादलले आउँदाे चुनावमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्ने प्रतिक्रिया दिनुभयो । शुक्रवार चितवनको भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले भन्नुभयो, ‘यो विषयमा अहिले हाम्रो पार्टीले निर्णय गरेको छैन । आउँदा दिनमा चुनावमा निस्किएपछि पार्टीले निर्णय गर्नेछ । त्यो स्थितिमा प्रचण्ड भर्सेस बादल हुन पनि सक्छ...

राष्ट्रपतिलाई अध्यक्ष केसीको प्रश्न : संसद विघटन गर्नुअघि किन छलफल गर्नुभएन ?

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसद विघटन गर्नुअघि सर्वदलीय बैठक किन नराखेको भनेर राष्ट्रपतिलाई प्रश्न गर्नुभएको छ । मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले आयोजना गरेको सर्वदलीय बैठकमा अध्यक्ष केसीले राष्ट्रपतिलाई सो प्रश्न सोध्नुभएको हो । बैठकमा केसीले सरकार प्रमुख र राष्ट्र प्रमुखबाटै सबैभन्दा धेरै गल्ती भएको बताउनुभएको थियो । राजनीतिक दलहरुका कारण अहिले प्राप्त उपलब्धिसमेत गुम्न लागेको भन्दै उहाँले चिन्ता जाहेर गर्नुभयो । केसीले अहिलेको अवस्था कसरी आयो भनेर जिम्मेवार नेताहरुले आफैँ विचार गर्नुपर्ने भन्दै सत्ता र विपक्षी दलका नेताहरुलाई सच्चिन आग्रह गर्नुभएको थियो । बैठकपछि संचारकर्मीलाई प्रतिक्रिया दिँदै केसीले भन्नुभयो, ‘राष्ट्रप्रमुख पनि सरकार प्रमुखलाई पनि पुग्नेगरी मैले भनेको छु । २०६२–६३ सालमा जुन उपलब्धि भयो, यीनै राजनीतिक पार्टीका कारणले यो उपलब्धि फेरि गुम्नेवाला छ । गणतन्त्रमा कालो बादल मडारिसकेको छ । यसको कारण राष्ट्रपति र सरकार प्रमुखबाट बढी गल्ती भएको छ भने मैले ।’ बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेको संसद विघटन सही थियो भन्ने जिकीर गर्नुभएको थियो । उहाँले ताजा जनादेश लिन चुनावमा जानुपर्ने बताएको बताउनुभएको थियो । बैठकमा पूर्व माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा, जसपा नेताहरु महन्थ ठाकुर, उपेन्द्र यादव र राजेन्द्र महतो, राप्रपाका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, नेमकिपाका प्रेम सुवाल लगायत सहभागी थिए । बैठकमा सहभागी भएका नेताहरुमध्ये प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भने मौन रहेको बताइन्छ । राष्ट्रपति भण्डारीले आगामी चैत ९ र १० गते बंगलादेशको राजकीय भ्रमणमा जाने बारे जानकारी गराउन सर्वदलीय बैठक आव्हान गर्नुभएको हो । बंगलादेशको स्वतन्त्रताको स्वर्ण जयन्ती तथा बंगलादेशका संस्थापक शेख मुजिबर रहमानको शतवार्षिकीको अवसरमा बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी आगामी चैत ९ गते त्यसतर्फ जान लाग्नुभएको हो ।