काठमाडौं- नागरिक उन्मुक्ति पाटीले आफ्नो पार्टीको केन्द्रीय महाधिवेशन आउँदो पुस अन्तिम साता कैलालीको टीकापुरमा गर्ने भएको छ। पार्टीको हालै सम्पन्न केन्द्रीय समिति बैठकले पार्टीको केन्द्रीय महाधिवेशन आगामी पुस महिनाको २६, २७ र २८ गतेसम्म कैलालीको टिकापुरमा गर्ने पार्टीका प्रमुख सचेतक गंगाराम चौधरीले जानकारी दिए। महाधिवेशनकाे तयारीका लागि विभिन्न १५ वटा उपसमितिसमेत गठन गरिएको उनले बताए।