तोकिएकै समयमा महाधिवेशन गर्न पौडेल समूहको जोड

१० साउन काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले तोकिएकै मितिमा केन्द्रीय महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । स्थानीय अधिवेशनको कार्यतालिका प्रभावित भएपछि कांग्रेसको आसन्न महाधिवेशन अन्यौलमा परेका बेला पौडेल समूहले केन्द्रीय महाधिवेशन निर्धारित समयमै हुनुपर्नेमा जोड दिएको हो । पौडेल समूहको आइतबार बसेको बैठकमा महाधिवेशनका बारेमा छलफल भएको नेता अर्जुननरसिंह केसीले जानकारी […]

सम्बन्धित सामग्री

प्रक्रिया छोट्याएरै भए पनि निर्धारित मितिमै महाधिवेशन गर्नुपर्छ: रामचन्द्र पौडेल

'महाधिवेशन तोकिएकै समयमा गर्नुको विकल्प छैन । बरू समय पुग्दैन भने प्रक्रिया छोट्याएर महाधिवेशन गर्नुपर्छ,' उनले भने ।

महाधिवेशन तोकिएकै मितिमा गर्न सकिन्छ : पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगंजस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको बैधानिकतालाई बचाउन सकिने […]

पौडेल पक्षको निष्कर्ष–१४ औं महाधिवेशन तोकिएको समयमा सम्पन्न गर्न सकिन्छ

काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले अझै पनि पार्टीको आसन्न १४ औं महाधिवेशन तोकिएकै समयमा सम्पन्न गर्न सकिने निष्कर्ष निकालेको छ । महाराजगञ्जस्थित पार्टीका महामन्त्री डा. शशांक कोइरालाको निवासमा सोमबार अपरान्ह बसेको पौडेल पक्षीय नेताहरुको केन्द्रिय कार्य समिति बैठकले पार्टी नेतृत्वले इमान्दार प्रयास गरे अझै पनि समयमै महाधिवेशन सम्पन्न गरेर पार्टीको वैधानिकतालाई बचाउन सकिने निष्कर्ष निकालेको हो । तोकिएकै समयमा पार्टीको महाधिवेशन गरेर यसको वैधानिकलाई अझै पनि बचाउन सकिने निष्कर्ष

महाधिवेशन अन्योलतापछि कांग्रेसमा संस्थापनइतर पक्ष सक्रिय

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाइतर समूहको जिल्ला सभापतिहरूको भेला जारी छ।भदौमा हुने महाधिवेशन सर्ने सम्भावना देखिएपछि वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले संस्थापन इतर समूहका जिल्ला सभापतिहरूको भेला गरेको हो।काठमाडौंको ठमेलमा जारी जिल्ला भेलामा आगामी भदौमा गर्नेगरी तोकिएको १४ औं महाधिवेशनबारे छलफल केन्द्रित छ। पार्टी वैधतामाथि नै प्रश्न उठ्ने भएकाले तोकिएकै समयमा महाधिवेशन गर्न दबाब दिन भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल, नेता कृष्ण सिटौला तथा प्रकाशमान सिंह