काठमाण्डाै - सिन्धुपाल्चोकको धाप र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन गरिएको छ ।
निरन्तर पानी परेकाले त्यस क्षेत्र भएर बहने स–साना नदीमा आकस्मिक बाढी आउन सक्ने भएकाले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । साथै, भिरालो जमिनमा पहिरोको जोखिम हुने भएकाले सतर्कता अपनाउन भनिएको छ ।
यस्तै विष्णुमतीमा पनि पानीको सतह बढिरहेकाले काठमाण्डौको बल्खु आसपासका क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ । पानी सडक किनार र बस्तीमा जान सक्ने भएकाले महाशाखाले ...