नारायणी र वाग्मती नदीमा बाढीको जोखिम

काठमाण्डौ  - काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा रातिदेखि ठूलो पानी परेको छ । वर्षासँगै नारायणी र वाग्मती नदीमा बाढीको जोखिम बढेको छ । तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, सिन्धुलीको मरिनखोला, मकवानपुरको सिलिंगे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । विभागले पर्सिसम्म धेरै ठाउँमा ठूलो पानी पर्ने भएकाले सावधान...

सम्बन्धित सामग्री

नारायणी नदीले खतराको संकेत नाघ्यो, तटीय क्षेत्रमा बाढीको जोखिम

लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको सतह खतरा संकेत पार गरेको छ । नारायणी नदीको जल मापन केन्द्र देवघाटमा आइतबार राति ७ दशमलव ५१२ मिटर पुगेको छ ।

नारायणी नदीका जोखिमयुक्त ठाउँमा तटबन्ध - NepaliPatra

चितवन । पश्चिम चितवनवासीलाई हरेक वर्षातमा दुःख दिँदै आएको नारायणी नदीको जोखिमयुक्त ठाउँमा तटबन्धन गरिएको छ । बहुवर्षे आयोजनाका रुपमा तटबन्धको ठेक्का लगाइएको भए पनि बाढीको जोखिम भएको ठाउँलाई प्राथमिकतामा राखेर काम गरिएको हो । नारायणी नदी व्यवस्थापन आयोजनाका सूचना अधिकारी सिनियर डिभिजनल इञ्जीनीयर शङ्कर बुढाथोकीका अनुसार नदीको जोखिमयुक्त ठाउँलाई पहिलो प्राथमिकतामा राखेर काम गरिएको […]

आज गोरखा, लमजुङ र कास्कीमा बाढीको जोखिम

काठमाण्डाै - आज गोरखा, लमजुङ र कास्कीका साना नदी तथा खोलामा बाढीको जोखिम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर आज गोरखा, कास्की र लमजुङका साना नदी तथा खोलामा आकस्मिक बाढी आउन सक्ने भन्दै सावधानी अपनाउन आग्रह गरेको हो । काेसी, नारायणी, महाकालीलगायत  ठूला नदीमा भने आज पनि पानीको सतक सतर्कता तहभन्दा तल नै रहने अनुमान गरिएको  छ ।

कोशी र नारायणी नदीमा बाढी, अरु नदी खोलामा पनि आकस्मिक बाढीको जोखिम

काठमाण्डाै - कोशी र नारायणी नदीमा बाढी आएको छ । नारायणी नदीका केही ठाउँमा पानीको सतह सतर्कता तहभन्दा माथि पुगिसकेको छ । नवलपरासीको बर्दघाट, डण्डा र आसपासको क्षेत्रमा पछिल्लो ६ घण्टामा भारी वर्षा मापन भएको छ । यो क्षेत्र भइ बहने स-साना नदीहरूमा आकस्मिक बाढी आउन सक्ने भएकाले सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।  यस्तै झापा, मोरङ, सुनसरी, उदयपुर, धनकुटा, सङ्खुवासभा, काठमाण्डौ, मकवानपुर, चितवन, गोरखा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, स्याङ्जा, तनहुँ, नवलपरासी, पाल्पा, कालीकोट र दार्चुला आसपास भएर बहने न...

देशभरका साना नदी तथा खोलामा तीन दिनसम्मै बाढीकाे जोखिम

काठमाण्डाै - बाढी पूर्वानुमान महाशाखाले अबको तीन दिन मुख्य नदीमा पानीको बहाव बढ्न सक्ने तर सतर्कता तहभन्दा तलै रहने जनाएको छ । तर साना नदी तथा खोलामा बाढीको जोखिम छ । आज बिहानको मापन अनुसार कोशी, नारायणी, कर्णाली, महाकाली, कन्काई, कमला, वाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती, बबई र यसका सहायक नदीमा बहाव केही बढेको छ । आज झापा, मोरङ, सुनसरी, सप्तरी, कास्की, लमजुङ, गोरखा, नवलपरासी, पाल्पा, अर्घाखाँची, प्युठान, कपिलवस्तु, दाङ र आसपास भइ बहने केही साना नदीमा बहाव बढ्ने र आकस्मिक बाढी आउनसक्ने बाढी प...

देशभर वर्षा‚ आज यी नदीमा बाढीको जोखिम

काठमाडौं : केही दिनदेखि सक्रिय मनसुनका कारण भएको वर्षाले देशका विभिन्न नदी तथा खोलामा पानीको सतह बढेको छ। जल तथा मौसम विभागको बाढी पूर्वानुमान महाशाखाले शुक्रबार नदी तथा खोलामा पानीको बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।शुक्रबार नारायणी र यसका सहायक नदीहरुमा पानी बहाव बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने महाशाखाले जनाएको छ। कर्णाली, महाकाली र यसका सहायक नदीहरुमा पनि बहाव बढ्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।यस्तै‚ कमला, बागमती, तिनाउलगायतमा नदीमा पानीको बहाब खतरा तह आस

लगातारको वर्षाले नारायणी नदीमा बाढीको जोखिम

काठमाण्डाै - निरन्तरको वर्षाले नारायणी नदीमा पानीको बहाव बढेको छ । चितवनको गोविन्द बस्ती, रिउखोला र कल्याणपुरमा ठूलो पानी परिरहेकाले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ । आज पनि नारायणी, बुढीगण्डकी, त्रिशूली, मर्स्याङ्दी, कालीगण्डकी, सप्तकोशी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दूधकोशी, अरुण तमोर लगायतका नदीहरूमा पानीको बहाव बढ्न सक्ने महाशाखाले जनाएको छ । नदी तटीय क्षेत्रहरू तथा डुबान भइरहने क्षेत्रहरूमा आज दिनभर विशेष सावधानी अपनाउन बाढी पूर्वानुमान महाशाखाको अनुरोध छ । आज प्रदेश-१,  वाग्मत...

आज यी नदी वरपर छ बाढीको जोखिम, सतर्कता अपनाउन महाशाखाको अनुरोध

काठमाडौं। बाढी पूर्वानुमान महाशाखाले आज देशभर परिररहेको अविरल वर्षाका कारण केही नदीहरुमा बाढी आउन खतरा रहेकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ। “कोशीका सहायकक नदीहरु, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर तथा नारायणी र यसका सहायक नदीहरु, विशेषगरी त्रिशुली, बुढीगण्डकी, कालीगण्डकी, मस्र्याङ्दी लगायतमा बहाब उल्लेख्य बढ्ने र केहीमा सतर्कता तह पार गर्न सक्ने पूर्वानुमान छ,” महाशाखाको विज्ञप्तिमा उल्लेख छ।

वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ का केही ठाउँमा ठूलो वर्षा

काठमाण्डौ - काठमाण्डौ उपत्यकासहित वाग्मती, गण्डकी, लुम्बिनी र प्रदेश-२ का विभिन्न ठाउँमा रातिदेखि नै ठूलो पानी परेको छ । लगातारको वर्षासँगै नारायणी नदीमा बाढीको जोखिम बढेको छ । लमजुङको रैनासटार, तनहुँको बिमल नगर, बन्दीपुर र सखर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरिएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । ती क्षेत्रका ससाना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सावधानी अपनाउन मौसमविदले आग्रह गरेका छन् । आज दिनभर नै प्रदेश-१, प्रदेश-२, वाग्मत...