काठमाण्डाै - बाढीको जोखिम बढेपछि माथिल्लो तामाकोशी आयोजनाको जलाशय खाली गरिएको छ । पहिरोले तामाकोशीको सहायक खोला थुनिएपछि जलाशयबाट पानी छाडिएको आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनुभयो । गएराति चिनियाँ क्षेत्रमा गएको पहिरोले तामाकोशीको सहायक रोङ्सी खोला थुनिएको छ ।
पहिरोले थुनिएको खोला ताल बनेर बसेको सूचना प्राप्त भएको दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताउनुभयो । कुनै पनि बेला बाढी आउन सक्ने सम्भावना रहेकाले नदी तटीय क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ठाउँमा जाने समयका लागि जलाशय खाली गरा...