कोसी र नारायणी नदीमा बाढीको जोखिम कायमै, १५ जिल्लाका साना नदी तथा खोलामा बाढीको सम्भावना

काठमाण्डाै - आज र भोलि कोसी र नारायणी नदीको जलसतह सतर्कता तह आसपासमै रहने अनुमान रहेकाले सचेत रहन आग्रह गरिएको छ । बाढी पूर्वानुमान महाशाखाले सूचना निकालेर यी दुई नदीमा जलसतह केही घट्ने भए पनि जोखिम रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । यस्तै, आज १५ जिल्लाका साना नदी तथा खोलामा पनि बाढीको जोखिम रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार सङ्खुवासभा, धनकुटा, सुनसरी, सप्तरी, उदयपुर, दोलखा, सिन्धुपाल्चोकका साना नदी तथा खोलामा बाढीको जोखिम छ । यस्तै, नुवाकोट, रसुवा, मकवानपुर, धा...